भर्खरै ६ रिक्टरस्केलको भूकम्प गयो

2018-01-07 22:57

काठमाडौ । सन् २०१८ को सुरुवातमै ठुलो भूकम्पको धक्का आएको छ । करिब ६ दशमलव शुन्य रिक्टरस्केलको भूकम्प भारतको उत्तरपूर्वी राज्य मणिपुरमा केन्द्रविन्दु बनाएर गएको हो । आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन् । भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै ३५ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । सो भूकम्पको कम्पन प्रान्तीय राजधानी इम्फालसम्म पनि महसूस गरिएको बताइएको छ ।

यद्यपि यस भूकम्पबाट हालसम्म मानवीय र सम्पत्तिको क्षतिको भने विवरण प्राप्त नभएको जनाइएको छ । सन् २०१६ मणिपुर र आसपासको इलाकामा गएको ६।७ रिक्टर स्केलको भूकम्पमा परी कम्ती आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य एक सयभन्दा बढी घर ध्वस्त भएको थियो ।

    Comment Here!


सम्बन्धित समाचार