यो कस्तो दर्दनाक र्दुदशा परिवारका सबै अपांग सम्पतिको नाममा एक हल गोरू मात्र

2018-01-07 07:47

सुनसरी । नियतीले ठगेका केही पात्र जो दर्दनाक दुर्दशा भोगिरहेका हुन्छन् । भागवान छन् भने उनलाई दया गरुन् भन्ने सबैलाई लाग्छ जो अति नै दुखमा जेलिएका छन् । पूर्वको केन्द्र इटहरीबाट करीब ८ किलोमिटर पार गरेपछि पुगिन्छ भरौल गाविशको नडाहा गाउ , पातलै बस्ती रहेको उक्त गाउमा एक यस्तो परिवार छ । त्यो परिवारको बारेमा जान्न जो कोही पनि इच्छुक बनिन्छन तर उनिहरूको बारेमा जानिसकेपछि र बुझिसकेपछि जो कोहीको आखा आसुले भरिन्छ । त्यस्तो बेदना लुकेको छ त्यो परिवार भित्र । सायद ग्रामिण भेग भएर होला सम्बन्धित निकाय र सञ्चारकर्मीको आखा नपुगेको त्यो परिवारमाथी । अहिले सम्म एक हल गोरू र समाजको भरमा बाचेर बसेको त्यो परिवार भित्रको बेदना हामिले देन्ख सकेनौ र बिशेष प्राथमिकताका साथ प्रकासन गर्ने जमर्को गर्यौ ।

यस्तो छ उनिहरूको कथा ब्यथा
सुनसरीको भरौल ३ नडाहा स्थित आफन्तको घरमा बसोबास गर्दै आएका ५८वर्षीय बल बहादुर रार्इ रसोही उमेरकीअकिलन रार्इ जन्मेदखिनै सारिरिक रूपमा अपांग हुन उनिहरू दुवैजना बोल्न सक्दैनन , उनिहरूको एक छोरी छिन उनि पनि सारिरिक रूपमा अपांग छिन उनि ढिलो सुन्दछिन । बा आमा बोल्न नसक्ने छोरी कुरा नबुझ्रने परिवाका सदस्य यस्तो भएपछि यतिबेला उनिहरू मर्नु न बाच्नुको दोसाधमा रहेका छन । उनिहरूको पूर्ख्यौली सम्पती समेत केही छैन जसो तसो बाल्यकालमा जम्मा गरेको रकमले एक हल गोरू जोडन भ्याएका छन । हाल सोही गोरूको आसमा बाचेको छ यो सिंगो परिवार ।

बिहान उठ्यो अनी आफ्नो सन्तान सरह पालेको एक हल गोरू लिएर गाउघर गयो गाउमा कसैको जमिन जोत्नु पर्यो भने उमेरले डाडा काटेपनि पापी पेटको लागि आफै जोत्न तम्सिन्छन ५८ बर्षीय बलबहादुर। काम गर्ने क्रममा भोक लागेको बेला हातले इसारा गर्दै गाउ गाउ जान्छन मागेर खान्छन र बचेको कुरा आफ्नो परिवारमा ल्याएर बाडछन । यसरी नै बित्छ यिनको दिन चर्या । परिवारकी अर्की सदस्य अकिलनको पनि यस्तै गरी दिन चर्या बित्ने गरेको छ । उनि पनि सारिरक रूपमा बोल्न सक्दिनन । उनि बिहान उठछिन र छिमेकीको घरमा लुगा धुइदिने र अन्य कामहरू सघाउनमा ब्यस्त रहन्छिन त्यती गरेबापत छिमेकीले दिएको खाना घरमा ल्याएर बाडेर खान्छन । कोहीले चामल दिन्छन त कोहिले पैसा उनिहरूको दैनिकी यसरी नै बित्ने गरेको छ । उमेरले उनि पनि ५८ बर्ष लागिसकेकी छिन तर जिवनमा संघर्ष गर्नेबारे हारेकी छैनन ।

कसरी भयो बलबहादुरको बिवाह
भोजपुरको पात्लेधारामा २०१५ सालमा जन्मिएका बलबहादुर बाल्यकालदेखीनै बोल्न सक्दैनथिए । गाउमा बा र आमा दुवेको देहवसानपछि आफन्तको सहारामा तराइ झरेका बल बहादुर सुनसरीको भरौल ३ नडाहा स्थित आफन्तकै घरमा बस्न थाले । गाउ छाडेर तराइ झरेका बलबहादुरले स्कुले जिवन भोग्न पाएनन अरूको घरमा मेलापात गर्नु र सानै उमेरमा अर्काको खेत जोत्नुले उनको बिद्यालय जाने सपना त्यतीकै तुहियो । उनको बाल्यकाल दुखले बित्यो । मुखले बोल्न नसक्ने भएपनि उनको जोस र जागर देखेर गाउमा उसैको चर्चा हुने गर्दथ्यो ।

एक दिन छिमेकीको मेलापातमा भेट भयो अकिलन रार्इ पहिलो नजरमै यि दुइ बिच हेराहेर मच्चिएपछि गाउ भरी कुरा चल्यो दैव सञ्जोक बल बहादुरपनि बोल्न नसक्ने र अकिलन पनि बोल्न नसक्ने जोडी मिलेपछि गाउका मानिस र आफन्तहर भेला गरार्इ दुवैको सामान्य बिवाह गराइदिए । यो भन्दा पनि आश्चर्य उनिहरूको जन्ममिति साल र महिनापनि एउटै रहेको छ । बिवाहको दोश्रोवर्षपछि उनिहरूको पहिलो र अन्तिम सन्तानको आगमन भयो उनि थिइन रोजीना रार्इ । सुरूमा रोजीना चंख थिइन तर पछि उनमा पनि बंसानुगुण देखापर्न थाल्यो । उनि अहिले १७ बर्षकी भइन कान त्यती मजाले नसुन्ने र कुरा पनि प्रस्ट नबुझ्ने यिनको दिनचर्या भने बा र आमाको भन्दा केही फरक छ । बा आमा गाउमा काम सघाउन निस्कन्छन भने उनि सबेरै छिमेकीको मेलापातमा सरिक हुन पुग्छिन त्यसकालागि उनलार्इ कसैले बोलाइरहनु पर्दैन । उनि काम गर्छिन तर कसैलार्इ कामको परिश्रामिक माग्दिनन कसैले बुझेर दिन्छन त कसैले एक छाक खानामै टारिदिन्छन ।

परिवारमा देखिएको समस्या
छिमेकीहरूका अनुसार उनिहरूको सिङगो परिवार एक हल गोरू र गाउलेकै भरमा चलिरहेको बताउछन ।त्यो भन्दा पनि परिवारमा कसैलार्इ दुख बिमार परेमा गाउकै मानिसहरू जम्मा भइ चन्दा उठाएर उपचारकालागि अस्पताल लैजानुपर्ने बाध्यता रहेका भरौल ३ नडाहाका छिमेकी भुलनाथ पुरीले बताउनुभयो । उपचारकालागि रकम अभाव हुदा उनिहरूले पालेको एक हल गोरू बेच्ने भन्दा आफुहरू मर्न तयार छौ तर बेच्दैनौ भन्दै हातले इसारा गरेपछि गाउका मानिसहरू जम्मा भइ चन्दा संकलन गरेर उनिहरूको उपचार गराइएको छिमेकी तथा बुद्धिजवि भुलनाथ पुरीले बताउनुभयो ।
आर्थिक अवस्था छदै छैन सधै भरी कती अर्काले दिन्छन र घर पनि छैन सम्पतीको नाममा त्यही एक हल गोरू मात्र छ त्यही पनि बेच्न मान्दैनन यस्तो अवस्थामा छिमेकीहरूले कती हेर्छन र ? गाउकै अर्का छिमेकीले भने ।

दुर्इ पटक त यसै गरी पैसा उठाएर बल बहादुर र छोरी रोजीनाको उपचार गराइसकेको छिमेकी पुरी बताउनुहुन्छ । उहाहरूको यस्तो अवस्थाबारे गाउमा रहेका सामाजिक संघसंस्थाहरूलार्इ जानकारी गराइसकेको तर कसैले चासो नदिएको छिमेकी तथा बुद्धिजवि भुलनाथ पुरीले बताउनुभयो । उनिहरूलार्इ बाच्न यति बेला धौ धौ छ कुनै सामाजीक संघ सस्थाहरूले यसो केही सहयोग गरे यिनिहरूलार्इ केही राहत पुग्ने छिमेकीहरू बताउछन । उमेरले १७ पुगेकी रोजीना भन्छिन हाम्रो संसारमा कोही छैन सहयोग माग्न गाविश कार्यालयमा पनि पुगेको तर उल्टै हकारेर पठाए। घरमा अन्न सकिएको बेला कहिले भोकभोकै बस्नुपर्छ घरी घरी त यो संसारमा आउनु भन्दा मर्नु नै ठिक जस्तो लाग्छ । उन्ले थपिन । साथै परिवारको यस्तो अवस्था हुदा कसैले सहयोग नगरेको दुखसो गर्दै सबैले आ आफ्नो ठाउबाट सहयोग गरीदिन उनले देश बिदेशमा रहेका नेपालीहरूलार्इ आग्रह समेत गरेकी छिन । पूर्वेली न्यूजबाट

    Comment Here!


सम्बन्धित समाचार