बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपीओ आउँदै, कति पायो रेटिङ ?

2018-01-07 07:19

काठमाडौं । सरकारी लगानीसमेत रहेको बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को फर्दर पब्लिक शेयर अफरिङ (एफपीओ) आउने निश्चित भएको छ । कम्पनीको एफपीआलाई इक्रा नेपालले ग्रेड थ्रि रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत रहेको संकेत गर्छ । एफपीओलाई नेपाल धितोपत्र बोर्डले मंसिर १८ गते निष्काशन अनुमति प्रदान गरिसकेको छ । बोर्डले बुटवल पावर (Butwal Power Company Limited.) लाई १०० रुपैयाँ फेस भ्यालुमा ४०१ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्री गर्नेछ । यसआधारमा यो कम्पनीको कुल २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको एफपीओ आउनेछ । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

गत आर्थिक वर्ष २०७३र७४ मा बीपीसीले ६५ करोड नाफा गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले नाफा ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ४ मेगावाटको खुदी, ९ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्ने जनाइएको छ ।

    Comment Here!


सम्बन्धित समाचार