नेइमारको प्रेमीकासँग पुर्नमिलन : ब्रुनासँगको यस्तो तस्विर बन्यो भाईरल

2018-01-03 15:20

काठमाडौ । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमारको प्रेमिकासँग प्याच–अप (पुनर्मिलन) भएको छ । नेइमार र उनकी लामो समयदेखिकी प्रेमिका ब्रुना मार्केजिनबिच गएको जुनमा ब्रेक–अप (विछोड) भएको थियो । तर नयाँ वर्षको अवसरमा उनीहरुबिच प्याच–अप भएको देखिएको छ ।

विश्वका कीर्तिमानी महंगा खेलाडी नेइमारले ब्रुनासँगको अतरंग तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै आफूहरु फेरि एक भएको जनाएका हुन् । पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको सम्बन्धमा बेला बेला टकराव आउने गरेको छ । गएको जुनमा भएको ब्रेक–अप पाँच वर्षको अवधिमा तेस्रो थियो । नेइमारले विवाहका लागि दबाब दिएकाले ब्रेक–अप भएको अनुमान गरिएको थियो । तर अहिले दुवै सँगै आएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार