ओलीलाई प्रचण्डको प्रस्तावः रोजेर तपाईँ लिनु छाडेको मेरो भो

2018-01-02 22:36

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण अझै अन्योलमै छ । दुबै पार्टीका अध्यक्षले एकीकरण हुने बताउँदै आएका छन् तर दुई पार्टी कहिले एक हुन्छन् भन्ने टुंगो छैन । दुई पार्टीले ६०–४० को मापदण्डमा उम्मेद्वारी बाँडफाँड गरेर चुनावी तालमेल गरे र वहुमत पनि पाए । अब बन्ने सरकारमा दुबै पार्टी संलग्न हुने दुई अध्यक्षको एक स्वर छ । तर पार्टी एकीकरण हुँदा चुनावी तालमेलकै हिसवामा एमाले ६० को हिस्सेदार र माओवादी ४० को हिस्सेदार हुने वा नयाँ मापदण्ड तय हुने यकिन छैन । चुनावी तालमेल जस्तै पार्टी एकीकरणको लागि स्पष्ट समझदारी बनेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने चर्चा व्यापक छ । तर ओलीले यसबारे प्रष्ट धारणा दिएका छैनन् । एमाले नेताहरूको लवज यो विषयमा अलमलग्रस्त नै छ । तर माओवादी तर्फ भने प्रष्ट छ–दुई जिम्मेवारीमध्ये एक प्रचण्डले पाउनु पर्छ तर रोज्ने अधिकार ओलीलाई हुनेछ ।

यहिबीचमा प्रचण्डले ओलीलाई दुई पद मध्ये एक रोजेर लिन आग्रह गर्दै छोडेको पद आफूले लिने प्रस्ताव गरेका खुल्न आएको छ । माओवादी बैठकमा एक पद छाड्न हुने निश्कर्ष निस्किएको भन्दै प्रचण्डले हाम्रो पार्टीको साझा धारणा भन्दै ओलीलाई दुई पदमा एक रोज्न र एक सहर्ष आफूलाई सुम्पन आग्रह गरेका छन् । माओवादी नेता देवेन्द्र पौडेलले ओलीसँग प्रचण्डले एकपद आफूले पाउनु पर्ने प्रस्ताव खुलस्त राखेको बताउँछन् । ‘पार्टीले गरेको निर्णय प्रचण्डले ओलीजीलाई सुनाउनु भएको छ,’ पौडेलले भने ‘पार्टीले एक पद नछाड्ने निश्कर्ष लिएको छ।’

    Comment Here!


सम्बन्धित समाचार