यी हुन् २०१७ का उत्कृष्ट ११ फुटबलर जो ‘टिनेज’ देखि नै चम्किए

2018-01-01 19:36

जुरिच । दक्षिण कोरियामा आयोजना भएको फिफा यू–२० विश्वकप फुटबल प्रतियोगिताको उपाधि इंग्ल्यान्डले जित्यो। ११ जुनमा भएको फाइनलमा इंग्ल्यान्डले भेनेजुएलालाई १–० गोलले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। लगत्तै भएको यू–१७ विश्वकपको उपाधि पनि इंग्यान्डले नै बाजी मार्‍यो। स्पेन विरुद्धको फाइनलमा २–० ले पछि परेको स्थिति उल्टाउँदै इंग्ल्यान्डले ५–२ गोलले यू–१७ विश्वकपको उपाधि जितेको थियो। दुई उमेर समूहका विश्वकपमा तथा फिफा कन्फेडेरेसन कपमा गरेको प्रदर्शनका आधारमा फिफाले सन् २०१७ का उत्कृष्ट ११ युवा फुटबलर छानेको छ। जहाँ इंग्ल्यान्डका पाँच खेलाडी समावेश छन्। फिफाले सन् २०१७ मा छनोट गरेका उत्कृष्ट ११ युवा खेलाडी यस्ता छन्

डोमिनिक सोलंके (इंग्ल्यान्ड, स्ट्राइकर)
इंग्ल्यान्डका २० वर्षीय सोलंके यही वर्ष लिभरपुलमा आबद्ध भए। इंग्ल्यान्डलेफिफा यू–२० विश्वकप जित्दा उनले सेन्ट्रल फरवार्ड भूमिकामा प्रभावशाली प्रदर्शन देखाए। उनले यू–२० विश्वकपमा उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए।

फेडेरिको भाल्भेर्डे (उरुग्वे, मिडफिल्डर)
१९ वर्षीय भाल्भेर्डे स्पेनिस क्लब रियल म्याड्रिडको बी टिमबाट डिपोर्टिभो लाकोरुनामा लोनमा आबद्ध छन्। युवा विश्वकपमा उरुग्वले चौथो स्थान हात पार्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनलाई फिफाले सिल्भर बल प्रदर्शन गर्दै युवा विश्वकपको उत्कृष्ट खेलाडीको दोस्रो नम्बरमा राखेको थियो। उनले उरुग्वेको राष्ट्रिय टिममा डेब्यु गरिसकेका छन्।

जोशुवा सर्जेन्ट (अमेरिका, स्ट्राइकर)
१७ वर्षीया सर्जेन्टले सन् २०१७ मा दुई वटा उमेर समूहका विश्वकप खेले। उनी कोरियामा आयोजना भएको यू–२० तथा भारतमा भएको यू–१७ विश्वकपमा अमेरिकाको टिममा थिए। यू–१७ विश्वकपमा उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहे। स्ट्राइकर सर्जेन्ट अमेरिकाको राष्ट्रिय टिमको क्याम्प परिसकेका छन्। सन् २०१८ देखि उनी जर्मन बुडेन्स लिगा क्लब वेइडर ब्रेमनमा आबद्ध हुनेछन्।

जिन केभिन अगस्टिन (फ्रान्स, स्ट्राइकर)
२० वर्षीय अगस्टिन यू–२० विश्वकपमा बढी गोल गर्ने खेलाडीको तेस्रो स्थानमा रहे। युवा विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा उनी बुडेन्स लिगा क्लब आरबी लेइपजिगमा आबद्ध भए। त्यसअघि उनले फ्रेन्च क्लब पिएसजीबाट खेलेका थिए। उनले जर्नम क्लब लेइपजिगका क्लबका लागि र एसिस्टमा भूमिका निर्वाह गर्दै सबैको मन जितिसकेका छन्।

लेविस कुक (इंग्ल्यान्ड, मिडफिल्डर)
कुक अहिले प्रिमियर लिग क्लब बर्नमाउथबाट खेलिरहेका छन्। इंग्यान्डले यू–२० विश्वकप जित्दा २० वर्षीय कुकले कप्तानको जिम्मेवारी निर्वाह गरे। प्रिमियर लिगमा निरन्तर खेलिरहेका उनी इंग्ल्यान्डको राष्ट्रिय टिमको प्रारम्भिक टिमका परेका छन्।

लियोन गोरेट्ज्का (जर्मनी, मिडफिल्डर)
गोरेट्ज्का हाल जर्मन क्लब साल्केबाट खेल्छन्। २२ वर्षीय गोरेट्ज्काले जर्मनीलाई फिफा कन्फेडेरेसन कप जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। जारी बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको साल्केका लागि गोरेट्ज्काले प्रभावशाली प्रदर्शन गरिरहेका छन्।

हिर्भिङ लोजानो (मेक्सिको, विंगर)
फिफा कन्फेडेरेसन कपमा युवा खेलाडी हिभिङ लोजानोको प्रदर्शन लोभलाग्दो थियो। २२ वर्षीय लोजनाको टिम मेक्सिकोले रसियमा भएको कपमा चौथो स्थान हात पार्न सफल भयो। यही सिजन डच क्लब पिएसभी इन्डोभेनमा आबद्ध भएका उनीले क्लबले गरेका १६ गोलमा प्रत्यक्ष योगदान दिइसकेका छन्। उनले एक वर्षअघि राष्ट्रिय टिम डेब्यु गरेका थिए।

फिलिप फोडेन (इंग्ल्यान्ड, मिडफिल्डर)
यू–१७ विश्वकपको उपाधि इंग्ल्यान्डलाई जिताउन मिडफिल्डर फोडेनले उत्कृष्ट प्रदर्शन गरे। यू–१७ विश्वकपमा उत्कृष्ट खेलाडी घोषित भएका उनलाई स्पेनिस मिडफिल्डर आन्द्रेस इनिष्टासँग तुलना गरिएको छ। हाल प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीमा आबद्ध १७ वर्षीय फोडेनले प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिगमा डेब्यु गरिसकेका छन्।

रिहान ब्रेउस्टर (इंग्ल्यान्ड, स्ट्राइकर)
१७ वर्षीय रिहान इंग्लिस क्लब लिभरपुलमा आबद्ध छन्। उनले यू–१७ विश्वकपमा सबैभन्दा बढी ८ गोल गरेका थिए। १७ वर्षीय रिहान इंग्लिस लिभरपुलमा आबद्ध छन्।

जान फिइटे अर्प (जर्मनी, स्ट्राइकर)
जर्मनीका जान बुन्डेसलिगा क्लब हामवर्गमा आबद्ध छन्। उनले यू–१७ युरो कपमा छिटो ह्याट्रिक गरेर कीर्तिमान बनाएका थिए। यू–१७ विश्वकपमा पनि गोल गरेका १७ वर्षीय जानलाई शताब्दीका नयाँ स्टारको रुपमा लिइएको छ।

जडोन साञ्चो (इंग्ल्यान्ड, फरवार्ड)
१७ वर्षीय सान्चो यु–१७ युरो कपमा उत्कृष्ट खेलाडी घोषित भएका थिए। फरवार्ड लाइनमा उत्कृष्ट खेल्ने यू–१७ विश्वकपमा पनि ३ गोल गर्दै सबैको ध्यान खिँचे। जसका कारण उनलाई रकेट उपनाम समेत दिइएको थियो। हाल उनी जर्मन क्लब बोरुसिया डर्टमुन्डमा आबद्ध छन्। नेपाल लाईभबाट

    Comment Here!


सम्बन्धित समाचार