राष्ट्रिय लिगमा शसस्त्रकी सावित्रा एक्लैने १२ गोल ठोकेपछि मध्यपश्चिम २६ गोलले पराजित

2018-01-01 18:24

काठमाडौं । १६ औं महिला राष्ट्रिय लिग फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल आर्मी क्लबले फराकिले जित दर्ता गरेका छन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा एपिएफले मध्यपश्चिम विकास क्षेत्रलाई २६–० ले हराएको छ । एपिएफकी सावित्रा भण्डारी एक्लैले १२ गोल ठोकिन् । यस्तै अनिता केसीले ५, अञ्जली योञ्जनले ४, रेखा पौडेलले २ र अनिता बस्नेतले एक गोल गरिन् । मध्यपश्चिमविरुद्ध पहिलो हाफमा १४ र दोश्रो हाफमा १२ गोल गरेको थियो ।

यसअघि आज भएको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो अन्तरले हराएको हो । आर्मीका लागि दीपा राई एक्लैलेले ५ गोल गरिन । कृष्ण खत्रीले ह्याट्रिक गरिन् । राष्ट्रिय खेलकुद परिषदले आयोजनामा भैरहेको राखेप च्याम्पियनसिप अन्तर्गत चलिरहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

    Comment Here!


सम्बन्धित समाचार