खप्तड गोल्डकपको तयारी तीव्रगतीमा

2018-01-01 16:19

काठमाडौ । पुस २१ देखि माघ १ गतेसम्म आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रितसुदूरपश्चिम खप्तड गोल्डकपको तयारी तीव्र बनाइएको छ ।

गतवर्ष प्रतियोगिताको क्रममा क्षेत्रीय रङ्गशालामा उपलब्ध दुई वटा प्याराफिटमा दर्शक नअटाएपछि एक हजार पाँच सय दर्शक क्षमताको दुईवटा अस्थाई प्याराफिट निर्माणकार्य भइरहेको छ । स्थानीय मल्टी स्किल नेपालले अस्थाई प्याराफिट निर्माण गरिरहेको छ ।

प्रतियोगिता आयोजना हुने धनगढीको क्षेत्रीय रंगशालामा रहेको फुलबल मैदान सम्याउने, पानी हालेर दुबो उमार्ने लगायतका कामहरु भइरहेको सुदूरपश्चिम ११ स्पोर्टस् क्लवका मिडिया संयोजक ओमजंग शाहले जानकारी दिए ।उनले गत वर्ष दर्शकहरुको अत्याधिक भीडका कारण यहाँ रहेको प्याराफिटको क्षमताले नभ्याएका कारण दुई वटा अस्थाई प्याराफिट निर्माण गरिन लागेको बताए ।

नेपालका ए डिभिजन क्लबहरुले भाग लिने यस प्रतियोगितामा प्रथम हुने टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछ भने उपबिजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी क्लब, एपीएफ, सहारा क्लब पोखरा, अग्नी रुपन्देही१, सुदूरपश्चिम११, झापा११, धरान फुटबल क्लब, डुक स्टार फुटबल क्लब थिम्पु भुटान र च्यासल युथ क्लब ललितपुरको सहभागिता रहनेछ ।

    Comment Here!


सम्बन्धित समाचार