कमल थापाले राजीनामा मागेपछि मन्त्रालयमा बिबाद उत्पन

2017-12-29 10:43

काठमाडौँ — पहिले भन्दा बेग्लै दृश्य देखियो बिहीबारको मन्त्रिपरिषद् बैठकमा । प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रिय सभासम्बन्धी अध्यादेशसहितमा छलफल हुने अपेक्षाविपरीत मन्त्री–मन्त्रीबीच भनाभन र सचिवहरूप्रति गुनासो देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एकछिन अलमलमा परे ।

सचिव सरुवाको विषयमा राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्रीकमल थापाले बैठकमै पर्यटनमन्त्री दिलनाथ गिरीको राजीनामा मागे । आफ्नै पार्टीबाट सहभागी मन्त्रीको राजीनामा मागेपछि देउवाले पछि छलफल गर्ने भन्दै विषयान्तर गरेका थिए ।आफूले नेतृत्व गरेको मन्त्रालयमा सहरी विकासकै अनुभवी रमेशप्रसाद सिंहलाई सचिव बनाउनुपर्ने प्रस्ताव मन्त्री गिरीले राखेका थिए । उक्त प्रस्ताव सुन्नासाथ पहिला थापाले आपत्ति जनाए ।मलाई नसोधी यो प्रस्ताव कहाँबाट ल्याउनुभयो थापाले उक्त प्रश्नन राख्ना साथ दुई जनाबीच विवाद चर्किएको सहभागी एक मन्त्रीले जानकारी दिए ।जवाफमा गिरीले मन्त्रालयको कामको प्रकृति र विषय हेरी हालका सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माभन्दा सिंह उपयुक्त हुने भन्दै हेरफेर गर्नुपर्ने बताएका थिए । गिरी अडानमै रहेपछि थापाले दोहोर्‍याएर राजीनामा मागे । त्यसपछि गिरीले राजीनामामाग्ने अधिकार थापालाई नभएको जिकिर गरेका थिए ।

मैले प्रधानमन्त्रीलाई राजीनामा दिने हो तपाईंलाई हैन  मेरो काममा हस्तक्षेप नगर्नुहोला, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री थापाप्रति आक्रोश पोखेपछि गिरीलाई प्रधानमन्त्री देउवाले यस विषयमा पछि सल्लाह गर्ने भन्दै विषयान्तर गरेका थिए ।सहरी मन्त्रालय स्रोतका अनुसार सहरी विकास विभागको महानिर्देशक चयनका विषयमा थापा र गिरीबीच पहिले नै मनमुटाव भएको थियो । उपप्रधानमन्त्री थापा सहसचिव शिवहरि शर्मालाई विभागको महानिर्देशक तत्काल बनाउन चाहन्थे तर गिरी भने चुनावी कार्यक्रममा व्यस्त भएकाले राजधानी फर्केर थप छलफल गर्ने पक्षमा थिए ।

गत मंसिर १० गते प्रतिनिधिसभाको पहिलो चरणको चुनावका क्रममा विराटनगर पुगेका गिरीलाई थापाले शर्मालाई नै महानिर्देशक बनाउनुपर्ने भन्दै चाँडै राजधानी फर्कन आग्रह गरेका थिए । गिरीले भने त्यो प्रस्ताव स्विकारेनन् । धेरै दबाबपछि गिरीले पार्टी अध्यक्ष थापाले नै भनेअनुसार महानिर्देशक राख्न बाध्य भए । त्यससम्बन्धी फाइल स्वीकृतिका लागि मंसिर ९ गते विराटनगरमा पुर्‍याइएको थियो, मन्त्रालय स्रोतले भन्यो, मन्त्री गिरीले विराटनगरमा होटलमा बसेका बेला शर्मालाई महानिर्देशक बनाउने फाइल सदर गरेका थिए । सचिवको सरुवा प्रकरण र अध्यक्ष थापाको हस्तक्षेपबारे भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।सचिवहरूले अटेर गरेको सामूहिक गुनासोबैठकमा केही मन्त्रीले कर्मचारीबाट सहयोग नपाएको भन्दै देउवासामु गुनासो गरे । मन्त्रीहरूले विवादको मूल विषय यो सरकार कामचलाउ नभएको भन्दै काम गर्न पाउनुपर्ने भन्नेमा केन्द्रित थियो ।

सुरुमा प्रसंग उठाए पर्यटनमन्त्री जितेन्द्रनारायण देवले । देवले आफूमातहत नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई फेरबदल गर्न नसकेको र अन्य काममा पनि सचिवबाट असहयोग भएको गुनासो राखे ।‘मन्त्रीलाई अपमान गर्ने काम भइरहेको छ । हामीले मन्त्रीका रूपमा काम गर्न पाएनौं । कर्मचारीबाट साह्रै अपहेलना भयो, आवेशमिश्रित स्वरमा मन्त्री देवले देउवाको ध्यानाकर्षण गराएका थिए । लगत्तै उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, कृषिमन्त्री रामकृष्ण यादव, पर्यटनमन्त्री दिलनाथ गिरीसहितले वर्तमान सरकार कामचलाउ नभएकाले पूर्ण रूपमा काम गर्न पाउनुपर्ने तर्क राखेका थिए । बैठकमा रहेका मुख्य सचिव लोकदर्शन रेग्मीले सचिवहरूलाई कुनै निर्णय नगर्न दबाब दिएको भन्दै उनीहरूले जवाफसमेत मागेका थिए । तर, मुख्य सचिवले आफूले त्यस्तो कुनै निर्देशन निदीएको जवाफ दिए, अर्का एक मन्त्रीले बताए ।

    Comment Here!


सम्बन्धित समाचार