को हुन् ग्लोबल आइएमईका नयाँ (सिईओ) प्रमुख कार्यकारी अधिकृत ?

2017-12-28 10:46

काठमाडौं । ग्लोबल आइएमइ बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको मिति २०७४/०८/१३ बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यस अघि का।मु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । लण्डनबाट एमविए गर्नुभएका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालिसकेका छन् ।

उनले सन् १९८७ मा इन्ट्रि लेभल मार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उनी तात्कालिन एनआइसी बैंक गएका थिए । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच बर्ष काम गरेपछि फेरि लक्ष्मी बैक स्थापनाका लागि प्रकृया थाल्न लक्ष्मि बैंकमा गएका थिए । लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गएका हुन् । लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उनीसंग छ । उनले त्यहाँ साढे चार बर्ष काम गरेको अनुभव संगालेका छन् ।

त्यसपछि उहाँले तात्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरेका थियो । तात्कालिन ग्लोबल बैंककोको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा का।मुु प्रमुख कार्यकारी अधिकृत हुदै उनी ग्लोबल आइएमई बैंक लि। को प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका हुन् ।

    Comment Here!


सम्बन्धित समाचार