बस र भ्यान ठोक्किँदा एकै परिवारका १० जनाको मृत्यु

2017-12-25 16:21

काठमाडौ । दुर्घटना कति दुखद बन्दै गएका छन् । एकै परिवारका १० जनाको ज्यान जानेगरी भएको पछिल्लो भयावह दुर्घटनाले सबैको मन छियाछिया बनाएको छ । पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार दुई विपरित दिशाबाट आएका यात्रुबाहक बस एउटा सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ । इन्दुज राजमार्गमा बिहानै भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताए। एकै परिवारका दुई पुरुष, चार महिलासहित चार जना बालबालिकाको घटनामा मृत्यु भएको उनले बताए ।

सेहवान र जमसोरो शहरबाट छुटेका रात्रिकालिन दुई बस उच्च गतिमा आएका र उक्त भ्यानसँग ठोक्किएको बरिष्ठ प्रहरी उपरिक्षक इरफानले बताउनुभयो । दुर्घटनापछि दुबै बसका चालक फरार रहेका प्रहरीले जनाएको छ । रासस

    Comment Here!


सम्बन्धित समाचार