नेपाली डा. अरुण कुमार सिंहले पाए अन्र्तराष्ट्रिय प्रतिष्ठित अवार्ड

2017-12-23 14:24

काठमाडौ । नेपाली चिकित्सक डा. अरुण कुमार सिंहले अन्र्तराष्ट्रि प्रतिष्ठित अवार्ड हात पारेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बालरोग विशेषज्ञको रुपमा कार्यरत सिंहले ‘एलन ड्रास अन्तर्राष्ट्रिय फेलोसिप’ अवार्ड पाएका हुन् । सन् २०१७ का लागि बालबालिकामा हुने मधुमेहमाथि थप अनुसन्धानका लागि उनले ५ हजार डलर राशिको अवार्ड पाएको हुन् । ‘नेसनल सोसाइटी अफ प्यासिफिक एन्ड एडोलोसेन्ट डाइबिटिज’ (आईएसपीएडी) ले फेलोसिप उक्त दिएको हो । यस्तो अवार्ड नेपालमै पहिलो पटक डा. सिंहले पाएका हुन् ।

यो अवार्डले ‘बालबालिकामा हुने मधुमेह माथि थप अनुसन्धान गर्ने अवसर प्राप्त भएको डा. सिंहले बताएका छन् । ‘नेपाली बालबालिकाको हितमा स्वास्थ्योपचार गर्न यसले थप हौसला बढेको उनको भनाई छ । नियोंन मेडिकल युनिवेरसिटी टोक्यो ,जापानमा उनले फेलोसिप प्रशिक्षण गरेका छन् । अवार्ड हात परेपछि डा. सिंहले चाडै नै मधुमेह सम्बन्धित निकायको सहयोग लिई योजना बनाउदै काम गर्ने प्रतिवद्धता जनाएका छन् । डा. सिंह बालरोग विशेषज्ञको रुपमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन् ।

    Comment Here!


सम्बन्धित समाचार