फेसबुकमा भेटेको मेरो ‘नाती’ को लागि ‘लघु’ कथा…!!

2017-12-23 14:10

एकादेशमा श्री५प्रिथ्वी नारायण शाह देव भन्ने राजाले ‘नेपाल’ भन्ने एउटा हिन्दू राज्य एकिकरण गरेर बनाएका थिए रे; उन्कै सन्तान राजा पनि थिए अरे! सबैलाई नेपाल देशका ‘नेपाली’ भनेर चिनिन्थ्यो अरे! कालन्तरमा राजाले जनताको नासो भनेर गद्दी र राज्य छोडिदिने बित्तिकै अनेकौ राजाहरुले पालै पालो राज्य गरे अरे! देशलाई कङाल बनाएपछी बिस्तारै-बिस्तारै त्यो राज्य नम्बर सिस्टमको १,२,३,४, भन्दै ४७ वटा जती राज्य (देश अनी प्रदेश) मा बिभाजित भयो रे अनी हरेक गाउँमा एउटा राजा हुन थाले अरे! लोग्ने श्वासनी मात्रै भाको पनि राज्य भयो अरे! जनता भन्ने कोही पनि थिएनन रे, सबै राजा, मन्त्री र उनिहरुका भारदार मात्रै थिए अरे! यसै बिचमा राज्यको लागि भनेर एक अर्कालाई काट्न थाले अरे अनी धेरै मान्छे मरेर अझै धेरै राज्य र जाती भये अरे!

हजुरबा’ हाम्रो देश कुन हो त अनी हामी कुन जाती?
बाबु, हाम्रो देश दस गज्जा भन्ने ठाउँ हो अनी हाम्रो कुनै जाती र धर्म पनि छैन!

ल भन बाबु,
संघियता- जिन्दाबाद
जातियता-जिन्दाबाद

#जधौ! (PS: भोली पर्सी कसैसँग मेल खाएमा म जिम्मेदार छुइन! 😪😪😪 )

    Comment Here!


सम्बन्धित समाचार