कुन उमेरका व्यक्ति नियमित कति समय सुत्नुपर्छ ?

2017-12-22 09:49

स्वस्थ खाना खाएरमात्रै स्वस्थ भईंदैन । स्वस्थ शरीर र मनका लागि आरामको उत्तिकै जरुरत पर्छ । स्वस्थ खानाका साथै पर्याप्त निद्राले सम्पूर्ण रुपबाट स्वस्थ बनाउँछ । यो व्यस्त जमानामा कामकै बोझले खानपान र निद्रालाई कमैले मात्रै नियमित बनाएको पाइन्छ । त्यसैले त युवाअवस्था देखि नै रोगको शिकार भएका धेरै छन् । अमेरिकाको नेशनल स्लिप फाउण्डेसनले गरेको एक अध्ययनले व्यक्तिको उमेरअनुसार निद्रा आवश्यक पर्ने निष्कर्ष निकालेको छ । पर्याप्त निदाउँदा बिभिन्न रोगको शिकार हुनबाट बच्नसक्ने सुझाउँदै फाउण्डेसनले कुन उमेरका व्यक्तिले कति समय सुत्नुपर्छ भन्ने हिसाब सार्वजनिक गरेको छ :

-जन्मेदेखि तीन महिना उमेरका शिशुहरुलाई दैनिक १४ देखि १७ घण्टासम्म निद्रा आवश्यक पर्छ ।
-चारदेखि ११ महिनासम्मका बच्चा दैनिक १२ देखि १५ घन्टासम्म निदाउनु पर्छ ।
-एकदेखि दुई वर्ष उमेरका बच्चालाई दैनिक ११ देखि १४ घण्टासम्म निद्रा आवश्यक पर्छ ।
-तीनदेखि पाँच वर्ष उमेरका केटाकेटी नियमित १० देखि १३ घन्टासम्म निदाउनै पर्छ ।
-छदेखि १३ वर्ष उमेरका केटाकेटीले दैनिक नौदेखि ११ घण्टा निदाउनु पर्छ ।
-१४ देखि १७ वर्षका किशोर–किशोरीहरुलाई दैनिक १० देखि १३ घण्टासम्म निद्रा आवश्यक पर्छ ।
-१८ देखि ६४ वर्ष उमेरमा नियमित सातदेखि ८ घण्टा सुत्नुपर्छ ।
-६५ वर्षभन्दा माथि उमेर भएकाहरुलाई दैनिक सातदेखि नौ घण्टा निद्राको आवश्यकता पर्छ ।

    Comment Here!


सम्बन्धित समाचार