सेक्स मलाई ओभरडोज भइसक्यो

2017-12-20 13:01

विश्वमा शान्ति फैलिरहोस् भन्ने कामना लिएर सन् १९९८ देखि २००९ सम्म संसारका १५० भन्दा बढी मुलुकमा साइकलबाट घुमेका दोलखाका पुष्कर शाह एसएलसी सकेर उच्च अध्ययनका लागि भनेर काठमाडौं आए । तर उनको मन काठमाडौँमा अड्न सकेन । फलस्वरूप उनी विश्व–साइकलयात्रामा निस्किए । अनि साइकलयात्रा सुरु गरेको ११ वर्षपछि उनले आफ्नो साइकलयात्रा सकिएको घोषणा गरे । आमाले दिएको १०० रुपैयाँ साथमा राखेर साइकलयात्रा सुरु गरेका पुष्कर अफ्रिकामा हुँदा धेरै पटक ठग र लुटेराहरूका फन्दामा पनि परे । उनी मृत्युलाई पनि ‘नजिकैबाट देखेँ’ भन्छन् । मेक्सिकोमा अपहरण पर्दा ‘नेपालीहरू बहादुर हुन्छन्’ भन्ने कुरा उनले साबित पनि गरिदिए । ज्यानै जान लागिसकेको अवस्थामा उनी अपहरणकारीलाई मुक्का हानेर भाग्न सफल भए ।

‘काठमाडौं साइकल–सिटी सन् २०२०’ अभियानले काठमाडौँ विश्वविद्यालयमा आयोजना गरेको एक कार्यक्रममा उनै पुष्कर शाह आइपुगेका थिए अतिथि बनेर । उनी भन्दै थिए, “हिमालका माइनस ५ डिग्री तापक्रमदेखि लिएर मरुभूमिका ५० डिग्री तापक्रममा दौडिएका क्षणहरू छन् । फुटपाथमा मस्त निदाएका रातहरूदेखि लिएर पाँचतारे होटलमा निद्रा नलागेका रातहरू छन् ।” विश्व–साइकलयात्री तथा सफल सगरमाथा आरोही पुष्कर अमेरिकाको न्युयोर्कमा ‘गुड विल अम्बेसडर २०१०’ बाट सम्मानित भएका छन् । उनलाई विश्वशान्ति दिवसको उपलक्ष्यमा वल्र्ड पिस प्रेयर सोसाइटीले सम्मान गरेको हो । विश्वशान्तिका लागि उनले गरेको अतुलनीय योगदानको कदर गर्दै सोसाइटीको तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उनले १९२ देशका झन्डाका साथै संयुक्त राष्ट्रसंघ, वल्र्ड पिस प्रेयर सोसाइटीलगायत एनआरएनका झन्डा सगरमाथाको चुचुरोमा सफलतापूर्वक फहराएका छन् ।

साइकलबाट विश्वविजय गरेका उनै पुष्करले हामीसँग प्रेम, यौन र विवाहबारे केही रोचक अनुभव बाँडे :

म अविवाहित हुँ र विवाहमा मलाई खासै रुचि पनि छैन । नेपाली समाजको हेराइमा मेरो विवाह गर्ने उमेर भइसकेको छ । मैले आफ्नो उमेर आईसीमा भन्ने गरेको छु । अब देश नै आईसीमा चल्न थालिसकेको छ, उमेर चाहिँ किन नेपालीमा भन्ने ? त्यसअनुसार २५ वर्षको भएँ । हाम्रो समाजमा चाहिँ यो विवाहको उमेर हो भनिन्छ । तर यो साधारण सोच हो । विवाह त जुन उमेरमा पनि हुन सक्छ । आफ्नो सुखदुःख बाँड्ने साथी होस् भनेर पनि विवाह गर्नुपर्छ भन्छन् कतिपयले । तर मलाई त्यस्तो कहिल्यै लागेन । अन्तरात्माको सुखदुःख बाँड्न एकदमै नजिकको मान्छे नै हुनुपर्छ भन्ने छैन । नजिकको मान्छेलाई मात्रै सुनाउँदा एउटा मान्छेलाई सुनाइन्छ । समूहमा पो सुनाउनुपर्छ । अनि त्यो खुसी पनि फैलिन्छ, दुःख पनि बाँडिन्छ । त्यसैले मलाई कहिल्यै त्यस्तो लागेन ।

यात्रा थालेपछि मलाई कहिल्यै पनि वैवाहिक साथी हुनुपर्छ भन्ने आएन । समय पनि भएन । यात्रा सकेर सगरमाथाको आरोहण गरिसकेपछि किताब लेख्न थालियो । सामाजिक सेवामा लाग्न थालियो । त्यसैले अलमल भइरहेको छ । तर, विवाह नै नगर्ने भन्ने मेरो निर्णय भने होइन । र, गर्छु नै भन्ने पनि छैन । मान्छेको जीवनचक्र चलाउनका लागि विवाह गर्नुपर्छ । जति वेला आवश्यकता महसुस हुन्छ त्यति वेला गरिएला । अहिले भने एक्लै चलिरहेको छ । अहिले पनि सम्बन्धको प्रस्ताव आइरहन्छ । विवाहकै प्रस्ताव पनि आउँछ– विशेष गरी इन्टरनेटमार्फत । मलाई चाहिँ इन्टरनेटमा व्यक्त गरिने प्रेम चाहिँ प्रेम हो जस्तै लाग्दैन ।

विश्वभ्रमणका क्रममा मैले धेरैसँग सेक्स गर्न भ्याएँ । फेरि म रक्सीमा डुब्ने मान्छे, त्यही भएर होला सायद संसारभरि तीन हजार प्रकारका सबैभन्दा बढी वाइन चाखेको छु । त्यही भएर सेक्स र वाइन त मलाई ओभरडोज नै भइसक्यो । आजभोलि उमेरसमेत ढल्केपछि त्यसतर्फ चाहना पनि कम हुँदै गयो । अहिले मलाई विवाहको दबाब पनि कसैले दिँदैन । सबैलाई थाहा भइसक्यो– यो जितार छ, हामीले भनेको मान्दैन भन्ने ।

आफू फिरन्ते भइयो, यस्तो डुलुवा मान्छेलाई फेरि कसैले पनि सहन्नन् । विवाह गरियो भने एकै ठाउँमा बस्नुपर्छ, बाँधिनुपर्छ भन्ने सोच दिमागमा बसिरहेको छ जस्तो लाग्छ । त्यसैले पनि विवाह नगरेको हुँ । अहिले पनि मसँग निकट हुन खोज्ने धेरै युवतीहरू छन् । म स्पष्टवक्ता हुँ । मैले यौनशालादेखि मधुशालासम्मको कुरा किताबमै लेखेको छु । संसारभरिकै धेरै युवतीसँग आकर्षित भएको मान्छे हुँ म । शरीरसुखकै लागि विवाह आवश्यक छैन ।

जन्तीचाहिँ धेरै गएँ । ‘विवाह नगरे पनि जन्ती चाहिँ गएको छु’ भन्ने भनाइ नै छ । राजधानीबाट पूर्वी उच्च पहाडी क्षेत्र दोलखाको मकैबारीमा ग्रामीण परिवेशमा हुर्केको मान्छे म । गाउँमा हुने बिहेमा प्रायः नछुटाई जन्ती जाने गर्थें । अझ सानामा त आमालाई नभनी भागेर साथीहरूसँग जन्ती जाँदाको रमाइलो कम हुँदैनथ्यो । जन्ती–बाख्राको मासु र भात स¥याप–स¥याप खाएको सम्झना आजसम्म ताजै छ । टपरीबाट झोल चुहिएर हैरान भइन्थ्यो, आज मैले पाँचतारे होटेलसम्मका खाना खाएको छु । तर, त्यस बेलाको खानाको स्वादले अहिलेसम्म छोडेको छैन, त्यही मलाई मीठो लाग्छ ।

एकपटक जन्ती जाँदाको घटना चाहिँ म कहिल्यै बिर्सन्नँ । अहिले सम्झिँदा पनि हाँसो लाग्छ । एकदिनको कुरा हो– गाउँकै दाइको विवाह थियो । बेहुली–घर पुग्न झन्डै दिनभर जसो हिँड्नुप¥यो । पहिला बिहेमा रात राख्ने चलन थियो, त्यस दिन रात राख्ने बिहे थियो । बिहेघरको केही तल परालको माचमा सुतियो । थाकेको कारण निदाइहालिएछ । राति त पानी परेको सपना देखियो र झल्याँस्स ब्युँझिएँ । कानमा मात्रै पानी परिरहेको थियो । यस्सो माथि हेरेको त एक जनाले पिसाब गरिरहेको रहेछ । त्यो मान्छे जाँड खाएर फिटान भएको रहेछ, के भन्नु ? त्यो घटना कहिल्यै बिर्सन्न ।

स्कुले जीवनदेखि नै मेरा केटी साथी थिए । आफूलाई मन पर्ने साथी पनि थिए तर भन्न सकिएन । मैले ०४२ सालमा एसएलसी पास गरें, त्यसपछि काठमाडौं आएर पढ्न थालें । कलेज–जीवनसँगै मेरो प्रेमजीवन पनि सुरु भयो । पत्र लेखेर प्रेम व्यक्त गर्ने जमाना थियो । मलाई पनि सँगै पढ्ने युवतीको पत्र आयो । अहिले पनि सम्झना छ– सम्बोधन भनेर प्रश्नचिन्ह लेखिएको थियो । त्यसमा उनी कसरी र किन मप्रति आकर्षित भइन् भन्ने वर्णन थियो । उनको वर्णनमा म ‘ह्यान्डसम’ थिएँ, सोझो पनि उत्तिकै । सबैसँग मीठो बोल्ने, नम्र भएर बोल्ने । उनको पत्रको भाव जति मिठो थियो उनी पनि उत्तिकै राम्री थिइन् । मैले उनको प्रस्ताव अस्वीकार गर्ने कुरै थिएन । मेरो अक्षर राम्रै थियो । त्यसमा पनि अझ मेहनत गरेर उत्तर फर्काएँ । त्यससँगै हाम्रो प्रेमसम्बन्ध अघि बढ्यो । त्यसपछि हामी फिल्म हेर्न, घुम्न जान थाल्यौं । अहिले जस्तो खुला समाज थिएन, तर पनि हामीले सबै बन्धन भत्कायौं र प्रेमको उत्कर्ष प्राप्त ग¥यौं । एकअर्काका जीवनसाथी बन्ने वाचा ग¥यौं र गोप्य रूपमा विवाह पनि ग¥यौं । सँगै बस्न थाल्यौं ।

तर, सधैं मानिसले सोचे जस्तो हुँदो रहेनछ । झन्डै १० वर्ष लामो हाम्रो प्रेमसम्बन्ध टुट्यो । ठूला कारण थिएनन् । मान्छे लड्नका लागि ठुलो ढुंगामा ठेस लाग्नुपर्दो रहेनछ भन्ने लाग्यो । सम्बन्ध टुटेको केही वर्षपछि मैले साइकलयात्रा थालेको हुँ । साइकलयात्राका क्रममा पनि मलाई धेरै प्रेमप्रस्ताव आए । विवाहकै प्रस्ताव पनि धेरै पटक आए । संसारका अतिविकसितदेखि अति दरिद्र देशका युवतीले पनि प्रेमप्रस्ताव राखे । तर, मैले स्वीकारिनँ । किनकि मेरो आफ्नै सपना र लक्ष्य थियो । प्रेम वा विवाहमा अल्झिएर आफ्नो यात्रा स्थगित गर्न चाहिनँ । प्रेममा नअल्झेको भनेर म कुनै सम्बन्धमै थिइनँ भन्ने होइन । मैले धेरै देशका युवतीसँग शारीरिक सम्बन्ध राखेँ । कसैसँग साथी र कसैसँग प्रेमिकाका रूपमा । कसैले मलाई जीवनभरि पर्खन्छु भनेर पनि यौन सम्बन्ध राखे । तर, ती सबै शरीरसुखका लागि थिए । शरीरसुखपछि भावनात्मक सम्बन्ध अझ बलियो बन्दो रहेछ । जब मान्छे नांगिन्छ नि, त्यसपछिको सम्बन्ध अझ गाढा हुन्छ । तर, म एकै ठाउँमा कहिल्यै बसिनँ । त्यसैले भावनात्मक सम्बन्धहरू गाढा बन्न भने सकेनन् ।

‘मेरै हौ’ भनेर पर्खिनेहरू धेरै छन् । साइकलयात्राको केही वर्षसम्म म इन्टरनेटको पहुँचमा थिइनँ । जब विश्वभरि साइकलयात्रा सकेर इमेल चलाउन थालें, त्यसपछि मसँग सम्बन्ध राखेका वा राख्न चाहने, पछ्याउनेहरूको लामै लाग्यो । पहिले भेटिएकाले पनि ‘म तिमीलाई अझै पर्खिरहेकी छु’ भन्थे । तर, मैले कसैसँग पनि विवाह गर्ने वाचाचाहिँ गरिनँ । म भन्थें र अहिले पनि भन्छु, “त्यो तिम्रो विवेकको कुरा हो । मेरो हृदयमा त संसारका सवै युवती अटाउन सक्छन् । त्यसैले नपर्ख भनेर पनि भन्दिनँ ।”

अहिले पनि मलाई विवाह गरौं भनेर संसारभरबाट प्रस्ताव आइरहेका छन् । केही मेरा पुराना साथी पनि छन् । ‘तिमीसँग बाहेक अरूसँग विवाह गर्दिनँ’ भन्ने पनि छन् । तर, मेरो जवाफ उही हुन्छ, “म त ठूलो मन भएको मान्छे । संसारका सबै युवती अटाऊन् मेरो मनमा भन्ने लाग्छ । त्यसैले तिमीलाई म केही वाचा गर्न सक्दिनँ ।”

मैले चाहेँ भने भोलि नै विवाह गर्न सक्छु । तर त्यो सपना चाहिँ ममा हुर्किसकेको छैन । त्यसो त क्यारेमबोर्ड खेल्दा अरू सबै गोटी खाएपछि रानीको पालो आउँछ । त्यस्तो पनि होला कुनै दिन । तर को र कहिले भन्ने चाहिँ निश्चित भएको छैन । तर, अहिले ममा यस्तो धैर्य पैदा भएको छ कि केही हतार छैन । २०÷२५ वर्षसम्मको भए अब उमेर घक्र्यो कि भन्ने लाग्थ्यो । विवाह गर्ने, अँगालो हालेर दिनरात बिताउने कल्पना हुन्थ्यो । मसँग त्यस्तो सपना पनि छैन र पर्खने धैर्य पनि छ ।”

सेक्स—डायरी
पुस्तक आएपछि विभिन्न खालका टिप्पणीहरू आए । तीमध्ये एक थियो— यो पुष्कर शाहको सेक्स–डायरी हो ।

सिग्मन्ड फ्रायडको सिद्धान्तले भन्छ– अधिकांश लोग्ने मानिसका दिमागमा सेक्स नै भरिएको हुन्छ ।

पुस्तकमा धेरै शीर्षकहरू सेक्ससँग जोडिएका छन् । धेरै ठाउँमा यौनसँग सम्बन्धित प्रसंग परेका छन् । मैले नेपालमै कतिपय यस्ता पुरुष मित्रहरू भेटेको छु, जो घरमा एउटी श्रीमती हुँदाहुँदै हप्तामा एउटा ‘नौलो स्वाद’का लागि महिला खोज्दै हिँड्छन् ।

यौन मानवीय आवश्यकता हो, मैले विश्वभ्रमणका क्रममा त्यसलाई नजिकबाट साक्षात्कार गरें । अफ्रिकी मुलुकहरूमा एकछाक भातका लागि यौन व्यापारमा लागेका करुणादायी प्रसंगहरू छन्, तिनलाई कुन ढंगले लिने ? मैले इमानदारीपूर्वक सबै लेखेको छु ।

एक घण्टामै विवाहको प्रस्ताव
हङकङमा भएको बेला हो– त्यहाँ त अनौठै भयो झन् । त्यतिखेर म १५ वटा देश घुमिसकेको थिएँ । हङकङमा हुँदा मेरो थुप्रै प्रचारप्रसार भएको थियो । रेडियो, टीभी, पत्रपत्रिकामा थुप्रै छापिएका थिए । समाचार पढेर एकजना केटी मलाई भेट्न आएकी थिइन् । उनले मलाई साँझको खाना खान पनि बोलाइन् । गतिलो रेस्टुरेन्टमा खाना खाइयो गफसफ गर्दै । त्यसपछि त उनले म तिमीसँग विवाह गर्छु भन्दै प्रस्ताव राखिन् । ए बा ! म त चित खाएँ । भर्खर एक घण्टामात्रै भएको छ भेट भएको– यति छिट्टै हत्त न पत्त विवाहको प्रस्ताव ? मलाई असाध्यै अचम्म लाग्यो । अनि मैले ‘तिमी किन मसित विवाह गर्न चाहन्छ्यौ’ भनेर सोधेँ । उसले ‘आई लाइक एडभेन्चरस गाइज’ (मलाई साहसिक यात्रा गर्ने मान्छे मन पर्छ) पो भन्छे । मैले पनि सोधेहालेँ, “भर्खरै विवाह गर्ने ?” ऊ त ‘अँ, भर्खरै विवाह गर्ने’ भन्छे । मैले लौ त्यसो भए मेरो पनि तिमीसित एउटा प्रस्ताव छ भनें । उसले हतारिएर सोधी । मैले भनें, “अर्को एउटा साइकल किन्ने अनि दुवै जना विश्वभ्रमणमा जाने साइकलमा हुइँकिदै ।”
त्यो त डराई ।

“माफ गर, म तिमीसित जान सक्दिनँ विश्वभ्रमण,” उसले भनी ।

मैले भनें, “त्यसो हो भने म पनि विवाह गर्न सक्दिनँ, किनभने म पनि त तिमीसित यहाँ भेट होला अनि विवाह गरौंला भनेर विश्वभ्रमणमा निस्केको होइन । मेरो पनि त उद्देश्य छ, लक्ष्य छन्, अन्य इच्छाहरू पनि हुने नै भए । म यही हङकङमा खाँदिउँला भनेर निस्केको थिइनँ । यहाँसम्म पुगौंला, यसो गरौंला र यति देखौंला, घुमौंला भन्ने छ । मसँग जान नसक्ने भए म पनि तिमीसँग विवाह गर्न सक्दिनँ, मलाई माफ गर ।”
मेरो उत्तर सुनिसकेपछि उसले भनी, “आई विल वेट यु (म तिमीलाई पर्खिबस्छु) ।”

बाफ रे ! अचम्मै भो । किनभने एउटा मान्छे संसार घुम्न निस्कन्छ ११ वर्ष, अनि अर्को मान्छे त्यसलाई पर्खेर बस्छ ११ वर्ष । त्यो नफर्किउन्जेल भने त्यो पनि ठूलै कुरा भयो । अनि मैले भनें, “पर्खिन सक्छ्यौ भने पर्ख न त, के भो र ?”

त्यसपछि ऊ र म साथी भयौं । अनि हङकङमा बसुन्जेल मलाई आवश्यक जे थियो, त्यो सबै उसले पु¥याइदिई । खान, बस्न, सुत्न, लुगाफाटा, होटेल सबैका खर्च । ऊ धनी केटी रहिछे ।

बिस्तारै जाने बेला पनि भयो । म विमानस्थल गएँ । दक्षिण कोरिया उड्नुपर्ने थियो मलाई । ऊ पनि आई बिदाइ गर्न । उसलाई नरमाइलो लागेछ– विमानस्थलमै रोई । मैले नरोऊ भनेर सम्झाउने कोसिस गरें । ऊ रुने म नरोऊ भन्दै सम्झाउने भइरहेको थियो । अनि उसले मलाई अलिकति पैसा दिई । म माग्ने मान्छे । कसैले मलाई एक पैसा दियो भने पनि नाइँ भन्दिनँ । किनभने मेरो यात्रै यसैगरी चलेको छ । उसले दिएको पैसा पनि लिएँ । पैसा थैलीमा घुसारेपछि धन्यवाद भनें । अनि त ‘यो पैसा तिमीलाई होइन’ पो भन्छे ।

सोधें, “त्यसो भए किन दिएको यो पैसा मलाई ?”

अनि उसले भनी, “तिमी जुन जुन देश जान्छौ, ती देशबाट मलाई फोन गर्नू यही पैसाले ।”

उसले दिएको पैसा रहुन्जेल मैले फोन गरिरहें बेला–बेलामा । त्यो पैसा सकिनै झन्डै तीन वर्ष लाग्यो । पैसा सकिएपछि मैले उसलाई सोधें, “फेरि फेरि पनि फोन गरौं कि ?”

त्यसपछि उसले भनी, “पुग्यो अब त ।”

यात्राको दुःख
एक दशकमा मैले ११७ मुलुकको यात्रा पूरा गरें । सबै महादेश घुमें । त्यो यात्राका क्रममा मेरो साइकलका पांग्राले १ लाख ८६ हजार किलोमिटर दूरी पार गरेका छन्, नापेका छन् । संसारलाई झन्डै पाँच फन्को लगाएँ । हाल भइराखेका जातीय, धार्मिक, राजनीतिक युद्धजस्ता कुराहरूले संसारको सन्तुलन बिग्रिराखेको अवस्थामा नेपालजस्तो सानो मुलुकबाट शान्तिको फिलिंगो बोकेर संसारलाई शान्ति बाँड्न सकियोस् भनेर म हिँडेको हुँ ।

म एउटा एकदमै दुर्गम गाउँमा जन्मिएको मान्छे । माध्यमिक शिक्षा उत्तीर्ण गरेर २१ वर्षको उमेरमा काठमाडौं आएपछि बल्ल मैले साइकल देखेको, छोएको र समातेको हुँ । म बिनापैसा संसार घुम्न निस्किएको थिएँ । ०५५ साउन १६ गतेको दिन आज पनि सम्झिन्छु म । आमाले यात्रा सुरु गर्दा पहिलो दिन एक सय रुपैयाँ दिनुभएको थियो । त्यो पैसा आज पनि मसँग सुरक्षित छ । आमाले मलाई आशीर्वादस्वरूप दिनुभएको त्यो पैसाबारे एकजनाले भन्दै हुनुहुन्थ्यो, “नेपाली पैसा कहीँ पनि चलेन होला, अनि त सुरक्षित भइहाल्छ नि !”

बन्दुक तेस्र्याएपछि रक्सी छ्वाङ्ङै
सन् २००१ मा न्युयोर्क हुँदा नेपालीहरूले स्वागत कार्यक्रम राख्नुभएको थियो । नेपालीहरू भेट भएपछि त्यही न हो– मादलसादल बजाइन्छ, लोकगीत गाइन्छ, नाचिन्छ, रमाइलो गरिन्छ, हल्का पिइन्छ पनि । नेपाली साथीहरूले ‘लौ है पुष्करजी, यो मेरो तर्फबाट’ भन्ने, अर्काले त्यसै भनेर अर्को बोत्तल दिने, फेरि अर्को आएर ‘ल है, मैले दिएको पनि प

    Comment Here!


सम्बन्धित समाचार