कांग्रेसकै युवा नेता भन्छन् घरि–घरि प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नु देउवाको बदमासी

2017-12-20 10:47

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले घरि घरि प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेर गल्ती गरेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लबमा बोल्दै उनले जनताले वाम गठबन्धनलाई जनमत दिएकाले त्यसलाई अघि बढ्न दिनुपर्ने धारणा राखे । उनले सत्ताका लागि मात्रै राजनीतिक नगर्न र आफ्नो स्वार्थ नहेरी वाम गठबन्धनसँगै मिलेर देश विकासमा लाग्नुपर्ने सुझाव सभापति देउवालाई दिए ।

वाम गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ५ वर्ष सरकार चलाउनेगरि प्रधानमन्त्रीको अफर कांग्रेसले गरेको भन्ने कुरा मिडियामा आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘मुलुकलाई अब न्याचुरल कोर्समा जान दिनुपर्छ, त्यस बाट गलत गरियो भने बद्मासी हुनसक्छ, नेपाल अड्किएको छ भन्ने कुरा हेरेरमात्रै अघि बढ्नुपर्छ ।’

    Comment Here!


सम्बन्धित समाचार