टिचिङ अस्पतालकै डा. लोहनीको टीमले जब खुट्टाको औला हातमा जोडिदिए !

2017-12-05 18:36

काठमाडौ । स्वास्थ्य विज्ञानका अनौठा सफलता अब अन्र्तराष्ट्रिय जगतका मात्र हैन । नेपालमैपनि सुन्न पाईन थालेको छ । नेपालको शिक्षण अस्पताल महाराजञ्जले विश्वमै असम्भव जस्तो स्वास्थ्य सफलता हात पारेको छ । प्लाष्टिक सर्जन डा. ईश्वर लोहनीले खुट्टाको औला हातम जोडेर दुरुस्त जन्मजात प्राप्त औलाजस्तै बनाइदिएपछि विरामीले पाएको खुशीले यतिबेला चर्चाको शिखर चुमेको छ । एकदिन डा. लोहनी अस्पतालमै आफ्नो काममा व्यस्त हुनुहन्थ्यो । हतार–हतार गर्दै दायाँ हातको कान्छि औला बाहेक सबै औला छिनालेको ठुटे हात लिएर एकजना विरामी आइपुगे । उनको काठ काट्ने आराले सबै औला टुक्रा बनाइदिएको रहेछ । टुक्रिएका औला नलिई आएकाले उनका हातमा जन्मजात आएका औला जोड्न सम्भव भएन ।

डा. लोहनीले तत्काल निर्णय लिए । दाहिने हातमा दुई वटा मात्र औला भए धेरै काम गर्न सकिने भएकाले खुट्टाको एउटा औला जोडिदिने डाक्टरले प्रस्ताव राखे । डाक्टरको प्रस्ताव विरामी र उनका आफन्तले स्वीकार गरे । चिकित्सा विज्ञानमा असम्भव जस्तै बनेको यस्तो प्रस्ताव हत्तपत्त विरामीले स्वीकार गर्दैनन् । ती विरामीले स्वीकार गरेपछि डा. लोहनीको टिमलाई सजिलो भएको थियो । त्यसपछि डा. लोहनीको टीमले खुट्टाको एउटा औला काटेर हातको बुढी औला हुनेठाँउमा जोडिदिए ।

डा. लोहनीको टीम सर्जरीमा सफल बन्यो । उनले जन्मजात प्राप्त गरेजस्तै अर्को औला पाए । घाउँ निको भएपछि बिरामीमा आएको खुशी डा. लोहनीले अहिलेसम्म भुल्न सकेका छैनन । औला प्राप्त गर्ने व्यक्तिपनि औधि खुशी छन् । अधिकांश काम आफ्नै हातले गर्न सकेका छन् । त्यसो त डा. लोहनीका लागि यो सर्जरी मात्र सफलता हैन । औला, खुट्टा, हात पुरै टुक्रिएर आएका विरामीलाईपनि भुईमा खसेको टुक्रा जोडेर पठाएका छन् । तर नेपालमै प्लाष्टिक सर्जरीमा यस्तो सफलता छ भन्ने चाही कमै मानिसलाई थाहा छ । त्यसैले मानिसहरु कमै उपचारका लागि पुग्ने गर्दछन् ।

    Comment Here!


सम्बन्धित समाचार