खोटाङ्गेको आवाज : सांसद बनायौँ, अब मन्त्री बनाउन विशाललाई हाम्रो भोट

2017-11-23 22:19

हरिवोल आचार्य/खोटाङ। पहिलो चरणको निर्वाचन आउन ४ दिन बाँकी रहँदा खोटाङका उम्मेदवारहरु घर दैलोमा व्यस्त छन् । नेकपा (एमाले) वैकल्पिक कन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसदको लागि वाम गठबन्धन खोटाङका साझा उम्मेदवार विशाल भट्टराई पनि ठूलाठूला चुनावीसभा सकेर घरदौलोमा व्यस्त रहेका छन् । दिक्तेल लगायत गाउँगाउँमा जाँदा भट्टराईले भव्य स्वागत र आर्शिवाद पाउने गरेका छन् । स्थानीय निर्वाचनलाई हेर्दा करिब २० हजार मतले अगाडि रहेका उम्मेदवार भट्टराईलाई आम जिल्लावासीले दिने गरेको एउटै आर्शिवाद छ, हामीले २०७० सालको निर्वाचनमा सांसद बनायौ । अब २०७४ साल मंसिर १० गते हुने प्रनिधिसभा सदस्यको निर्वाचनमा जितेर मन्त्री बन्नुस् । आचार्य गाउँमा घरदैलौ गर्दै पुकेका भट्टराईको अगाडि पछाडी विवाहको जन्ती जस्तो लर्को लागेको टोलीका बृद्ध अवस्थाका हरिप्रसाद आचार्यले भने, “हामीले सांसद बनायौं अब मंसिर १० गते हुने निर्वाचनमा १५ हजार बढी मत ल्याएर मन्त्री बन्नुस् ।”
आचार्यले भट्टराई आफ्नो गाउँघर आउँदा खुसी लागेको भन्दै उनले भने, “जिल्लामा चुनाव जितेर धेरै गएपनि मन्त्री नहुँदा विकासको हिसाबले खोटाङ पछाडि परेको छ ।” उनले थपे, “तपाईलाई मन्त्री बनेर समृद्ध खोटाङ बनाउने जिम्मा हामी सुम्पँदै छौ । जनताको मतको दकर हुने काम गरेर देखाउनुस् ।”आचार्य जस्ता सैयौ जनाको एक स्वरको आवाजले आफूलाई हौसला मिलेको र नराम्रो र जनताको शिर निहुरने काम कहिल्यै नगर्ने प्रतिवद्धता जनाए । समयले साथ दिए मन्त्री बन्ने र देशको विकास गर्ने वाचा उनले आम सर्वसाधारण नागरिकसँग गरेका छन् ।
खोटाङ एमालेको ईन्चार्ज समेत रहेका भट्टराई राष्ट्रियस्तरमा एमालेभित्र प्रभाव राख्ने नेताका रुपमा चिनिन्छन् । ०५६ र ०६४ मा संसदीय चुनावबाट पराजित भएपछि राजनीतिमा अब्बल बनेर अगाडि बढेका भट्टराई ०७० को संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचन क्षेत्र नं २ बाट भारी मत ल्यार विजय भएपछि जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।
त्यहि महत्वपूर्ण काम र जनतालाई नढाट्ने भट्टराई यो पटक पनि १५ हजार बढी मतले विजयी हुनेमा ढुक्क छन् । जिल्लाका ७९ वडा र त्यहाँका जनता सामु प्रत्यक्ष भेट गरेका भट्टराईलाई जनताले निकै ठूलो आसा र भरोसाका साथ मत दिने र दिएको मतको कदर गर्न सुझाव दिएका थिए ।
आसन्न निर्वाचनमा हाम्रो दुइ खालका एजेण्डा छन् भट्टराईले भने, “पहिलो राष्ट्रियस्तरमा पार्टीले आफ्नो घोषणा पत्रमार्फत जारी गरेको बहुमतको सरकार निर्माण गर्ने र देशको स्थायित्व र प्रगतितर्फ उन्नुख हुने । दोस्रो स्थानीयस्तरमा जिल्लामा आफ्ना एजेण्डाहरु पनि छन् ।” उनले थपे, “लामो समयदेखि खोटाङ जिल्ला भौतिक विकासमा पछि प¥यो । स्थानीयस्तरको हकमा समग्रतामा हामीले खोटाङको विकास र संमृद्धिलाई नै विकासको मुख्य एजेण्डा बनाएका छौं । खोटाङको आवश्यकतालाई पूरा गर्नेगरि जनताका आवाजलाई केन्द्र र प्रदेशसम्म पु¥याउने नै हाम्रो मुख्य एजेण्डा रहेको छ ।”
जनताको बीचमा जादाँ भट्टराईले पाएको प्रतिक्रिया
अहिले मुख्यगरी दुई ठूला कम्युनिष्ट पार्टी मिलेपछि जनताका बीचमा अत्यन्तै ठूलो उत्साह थपिएको छ । देशका वामपन्थी पार्टीहरु एक हुनुपर्छ भन्ने पहिलादेखि नै जनताको मनोभावना थियो । त्यो मनोभावनालाई अहिलेको नेतृत्वबाट सम्बोधन भएका कारण जनतामा एक उत्साहसँगै खुशी छाएको प्रतिक्रिया पाएको छु ।
मात्रै एउटा कुरामा जनतामा कतै यो चुनावी गठबन्धन पछि गएर पार्टी एकतामा रुपान्तरण हुने हो की नहुने हो भन्ने चिन्ता देखिएको छ । हामीले जनतालाई पार्टी एकतामा रुपान्तरण हुन्छ भनेर विश्वास दिलाएका छौँ । विकासको मुद्दा, परिवर्तनको मुद्दा, राजनीतिक स्थिरता र स्थायित्वको मुद्दामा आम जनताको सहानुभूती, समर्थन र सहयोग भएका कारण पनि यो निर्वाचनमा हाम्रो उम्मेदवारी र वामपन्थीहरुको गठबन्धनप्रति असाध्यै ठूलो उत्साह मैले आम खोटाङवासी जनतामा पाएको छु भट्टराईले भने ।
एमाले र माओवादी केन्द्र मिल्दाका फाइदा
अहिले एमाले र माओवादी मिल्दाका चार वटा फाइदा छन् । पहिलो दुई ठूला कम्युनिष्ट पार्टी र अरु साना पार्टीको मिलनले पहिलो पटक नेपालमा पाँच वर्ष टिक्ने बहुमत प्राप्त सरकार निर्माण हुन्छ भन्ने आम जनतामा विश्वास बनेको छ । दोस्रो लामो समयदेखि आम जनतामा देशका कम्युनिष्ठ पार्टीहरु एक हुनुपर्छ भन्ने मनोभावना थियो त्यो पुरा हुने भएको छ । तेस्रो लामो समयदेखि हामी हाम्रो देशको राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा, हाम्रो देशको परिवर्तनको सन्दर्भमा एकखालको छिमेकीहरुको हस्तक्षेप, देशको सार्वभौमसत्तामा पटकपटकको आक्रमण हुने लगाएतका जुन निरासाजनक अवस्था थियो यी सब कुरालाई अन्त्य गर्दै देशका जनताको राष्ट्रिय स्वाभिमानलाई कायम गर्दै मुलुकका जनताको शिर माथि उठाउने हाम्रो जो अभियान थियो । त्यो केपी ओली प्रधानमन्त्री भएपछि शुरु भयो । जुन बेला १३५ दिन लामो नाकाबन्दीलाई हामी नेपाली जनताले एकतावद्ध भएर सामना ग¥यौं । त्यसलाई आगामी दिनमा कुनैपनि घटना परिघटना र कुनै पनि सन्दर्भमा कुनै पनि विदेशीले नेपाली जनतालाई हस्तक्षेप गर्न नसकुन भन्ने कुरा स्थापित हुन्छ । चौथो कुरा अब हामीले अधिकारका लागि लड्ने दिन गए । लामो समय अधिकारका लागि लड्यांै । अब हामी मूलुकको संमृद्धिको बाटोमा अगाडि बढ्ने छौँ । यसका फाइदाहरु पनि यहि नै हुन् ।
जिल्लाको विकास निर्माणको सन्दर्भका एजेण्डा
खोटाङ भौतिक पूर्वाधारको सन्दर्भमा पछाडि परेको जिल्ला हो । स्रोत साधनका दृष्टिकोणले खोटाङ अत्यन्तै सम्पन्न छ । भौतिक पूर्वाधारले खोटाङलाई कसरी सम्पन्न बनाउने भन्ने कुरा चाँही यो चुनावको मुख्य एजेण्डा हो ।
पूर्वाधारका हिसावले मध्यपहाडी राजमार्गको जयरामघाट–हलेसी–दिक्तेल सडकखण्ड बाहेक हामि सँग पक्की बाटो छैन् । मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको गाईघाट–दिक्तेल सडकमा भर्खरै हामिले केपी ओली प्रधानमन्त्री भएको बेला ठूलो संघर्ष गरेर २ अर्ब ६७ करोड बजेट विनियोजन गरेका छौँ । उक्त सडक निमार्णको काम पुरा गर्नेगरि डबल लेनको बाटो बनाउने गरि उक्त सडक निर्माणको काम धमाधम भैरहेको छ । त्यसबाहेक जिल्लाका प्रत्येक नगरपालिका तथा गाउँपालिकामा मोटरेबल बाटो पु¥याउने, प्रत्येक गाउँपालिकामा सुविधा सम्पन्न एक अस्पताल बनाउने, खानेपानीको समस्या कुनैपनि जनतालाई नहोस् भनेर हलेसी भेगको दुधकोशीबाट पानी लिफ्टीङ गरेर तानेर त्यो क्षेत्रमा पानी पु¥याउने योजना निर्माण गरेका छौ । यस्तै, विश्वको ध्यान खिच्न सफल त्रिधार्मिक स्थल हलेसीको गुरुयोजना कार्यान्वयन गरि हलेसीलाइ अन्तर्राष्ट्रियस्तरको एक धार्मिक एवम् पर्यटकीय स्थल बनाउने हाम्रो योजना रहेको छ ।
हलेसी हिन्दु, बौद्ध र किरात धर्मालम्वीहरुको एक धार्मिक पर्यटकीयस्थल भएका कारण हलेसीलाई खोटाङको संमृद्धिमा मात्र नभएर सिङ्गो प्रदेश नम्बर एकको संमृद्धिको एउटा महत्वपूर्ण गन्तव्य बनाउनुपर्छ भन्ने हामिले सोच बनाएका छौ । यसैगरी खोटाङमा अपार संम्भावना भएको जलस्रोत हो । दूधकोसी नदी, सुकोसी नदी हाम्रो सिमाना भएर बग्छ । त्यो स्रोतलाई हामिले अहिलेसम्म अधिकतम सदुपयोग गर्न सकिराखेका छैनाँै त्यसकारण लामीडाँडा मुनिको रबुवामा एक बहुउद्येश्य हाड्रोपावर निर्माण गरी खोटाङ, सोलु र ओखलढुंगाको संमृद्धिको ढोका खोल्नका लागि डिपीआर तयार भएको छ त्यो निर्माणका काम अन्तिम चरणको पुगेको छ र ८०० मेघावाटको विधुत आयोजना निर्माणगरि आगामी वर्ष बाट प्रारम्भ गर्नेगरि हामिले योजना निर्माण गरेका छौ । त्यसैगरि, खोटाङ जिल्ला अलैँचीको धेरै सम्भावना बोकेको जिल्ला भएको कारण अलैँची व्यापक मात्रामा उत्पादन गरी निरियात गर्दै जिल्लामा पैसा भित्र्याउन सक्छौ । त्यो पैसालाई पुँजीमा रुपान्तरित गर्दै अधिकतम रुपमा उत्पादनमुखी काममा लगाउने र रोजगारी सिर्जना गर्ने र युवाहरुलाइ गाउँमै रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य रहेको छ । यिनै कुरामा आधारित रहेर हामी आसन्न निर्वाचन लडिरहेका छौं ।
मतदाताहरुलाई भन्नै पर्ने कुरा
म खोटाङबाट वाम गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार भएको हिसाबले २०७४ साल मंसिर १० गते तपाई आम खोटाङवासी जनताले हालेको भोटको अपमान जीवनभर तपाईहरुले भोग्नुपर्ने छैन् । हाम्रा नाममा कसैले शिर निहुराउनु पर्ने छैन्, संधैभरि जनताको इज्जत राख्ने, स्वाभिमान कायम राख्ने, उहाँहरुको प्रतिष्ठालाइ संधैभरि उचो बनाउने र जनताले संधै आफ्ना जनप्रतिनिधिहरुप्रति गौरव गर्ने ठाउँ बनाउछु भन्ने संकल्प गर्दछु । त्यसकारण आम जनतालाई म आग्रह गर्न चाहान्छु साँचो जनप्रतिनिधि छानौ जसले जनताको भोटको दुरुपयोग गरेर आफु बन्ने काम कहिल्यै नगरोस् जनतालाई नै माथी उठाउने काम निरन्तर गरोस् यो कुराको परिक्षण मैले ४ वर्ष जनताको विचमा परिक्षण गरेर परिक्षित बनेको छु । यसलाई निरन्तरता दिनका लागि पुनः एकपटक वाम गठवन्धनलाइ मत दिनका लागि तपाईँ आम खोटाङवासी जनतालाइ आग्रह गर्दछु ।

    Comment Here!


सम्बन्धित समाचार