प्रलेसद्वारा उपाध्यक्ष पक्राउप्रति सरकारको घोर निन्दा

2017-11-20 13:59

सृजना शर्मा/काठमाडौँ । केही दिन अगाडी प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष तथा साहित्यकार अनि संस्कृतिकर्मी एवम् पत्रकारका रूपमा ख्यातिलब्ध खेम थपलियालाई प्रलेसकै नियमित कार्यक्रमबाटै पक्राउमा पारिएको थियो । पछिल्ला शृङ्खलाबद्ध बम विस्फोटमा थपलियाको संलग्नता भएको आरोपमा उनलाई यसरी पक्राउ गरिएको थियो । प्रलेसद्वारा ३ गते मङ्सीरमा जारी विज्ञप्तिमा यसको भर्त्सना गरिएको छ । प्रलेसका अध्यक्ष,  साहित्यकार तथा  प्राज्ञ मातृका पोखरेल अनि महासचिव आर.एम डङ्गोलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त पक्राउलाई राज्यको तर्फबाट हुने बलात् हस्तक्षेपका रूपमा लिइएको जनाउँदै विनाशर्त यथाशीघ्र रिहाइको माग गरिएको छ ।

Matrika pokhrel

    Comment Here!


सम्बन्धित समाचार