*****गजल*****

2017-11-12 13:34

मिलो मतो गर्दैछन् नेताहरु सत्ताको गद्धि पाउन
देशको ढुकुटि सिद्धयाएर आफु चै टन्न कमाउन

हिजो थियो पानि बराबर जो संग शक्ति बाडफाडमा
आज चुनावि प्रचारमा हिड्दै छन् उसैलाई सघाउन

चुनाव बेला धाऊछन् घर घर भिकारि झै भोट माग्दै
जितपछि आफ्नै दुनियाँ ति नेता थाल्छन् बनाउन

बिकट ठाउँका जनता मरेका छन् सिटामोल नपाई
ठुला नेता टाउको दुखेनि जान्छन् बिदेश जचाउन

देशका कति जनताका बाल बच्चाले पढ्न पाछैनन्
नेताहरुचै आफ्ना संतान बिदेश पठाउछन् पढाउन

कामहरु चिप्ला भाषणमा सिमित राखि यि नेताले
कसरि सकेका करबाट उठेको तलब भत्ता उठाउन

जुन गोरु आएनि कानै मात्र चिरेका नयाँ न पुराना
किन धाउनु बेकार बुथ भोट दि तिन्लाई जिताउन


ख्याम चम्लागाई मोरङ दोमहना बजार हाल दोहा कतार

    Comment Here!


सम्बन्धित समाचार