जनताले “खोटाङ जिल्ला वामपन्थीको किल्ला” बनाउन सके विकासमा कायपलट : विशाल भटराई

2017-11-04 21:15

विशाल भट्टराईलाई पूर्वी पहाडी जिल्लाहरुबाट केन्द्रीय राजनीतिमा पहुँच पुर्याउन सफल एक कर्मठ राजनीतिज्ञको रुपमा पहिलो लाईन मै चिनाउन सकिन्छ । यो नाम नेपाली राजनीतिक मञ्चमा सबैका लागि परिचित छ । निष्ठा र निष्पक्षताको राजनीति गर्ने राजनीतिज्ञको खडेरी परिरहेका बेला उनी नेपालकै लागि एक आशाका किरण बनेर उदाएका व्यक्तित्व हुन् । जनताको माया र लोकप्रियताका पर्यावाची बनेका भट्टराई खोटाङ्गका लागि मात्र नभई नेपाली राजनीतिमा भविष्यको मियो बन्न सक्ने राजनीतिज्ञको रुपमा आफुलाई उभ्याउन सफल भएका छन् । राष्ट्रिय संकट परेको बेला होस् या विकास र जनजीविकाका सवालमा राष्ट्रिय स्तरबाटै आवाज उठाउन सक्ने क्षमता भएका राजनीतिको रुपमा नेपाली राजनीतिक बृत्तमा उनले छवि बनाएका छन् । यस्तै केन्द्रीय व्यक्तित्वलाई खोटाङ्गे जनताले जनप्रतिनिधिको रुपमा प्राप्त गर्ने सौभाग्य पाएका छन् । संघीय संसदका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङ्गका लागि बाम गठबन्धनको तर्फबाट उनले उम्मेद्वारी दर्ता गराएका छन् । चुनावी संग्राममा उभिएका पूर्व सांसद तथा खोटाङ वामगठबन्धनवाट संघीय सांसदका उम्म्मेदवार उनै भट्राईसँग जनबोलीले गरेको विशेष कुराकानीलाई तल प्रस्तुत गरिएको छ ।

वाम गठबन्धनबाट प्रतिनिधिसभाको सांसदमा किन तपाईकोनी उम्मेदवारी ?

हामीले दोश्रो संविधानसभाको निर्वाचनमा जे कुरा पुरा गछौ भनेर भोट मागेका थियो त्यो पुरा भएको छ । वहुपहिचान सहितको संविधान निर्माण र खोटाङे जनतालाई मैले र मेरो पार्टीले विश्वास जित्न सफल भए पछि पार्टीले मलाई उम्मेदवार वनाएको छ । मेरो कुनै आग्रह पुर्वाग्रह भन्दा पनि २०७० सालमा आएको मतको आधार र यहाँका जनताको मन जित्न सफल भएकोले मलाई वाम गठबन्धनवाट साझ उम्मेदवार वनाएको हो ।

२०७० सालको दोश्रो संविधानसभाको चुनावका लागि तपाईले जनतालाई बाँडेका आश्वासन जित पछि पुरा भए त ?

मुलत लामोसमय देखि परिवर्तनको पक्षमा रहेका नेपालि जनतालाई न्याय दिने काम संविधान निर्माण पश्चात भएको छ । मैले २०७० सालको संविधानसभाको निर्वाचनको टिकट पाउनु अगाडि र पाए पछि कुनै समय ढाट्नेकाम गरिन कसैलाई झुटा आश्वासन दिएर हिडिन यो नै जनताको पक्षमा मेरो सकारात्मक पक्ष हो । कतिपय पार्टीका साथिहरुले अनाबश्यक हल्ला गर्ने जागिर लगाई दिन्छु जस्ता झुट कुरा पहिले पनि गरेका थिए र अहिले पनि गरेर हिडेका छन्, सत्य बोल्नु नै कुरा सफ पक्ष हो र विकासको कुरा गर्ने हो भने म निर्वाचित भए पश्चातको समय ३ वर्ष आठ महिना २० दिन मा धरै उपलब्धि मुलक काम गरेको छु । गाईघाट दिक्तेल मोटरेवल बाटोको लागि केपी ओलि प्रधानमन्त्री हुदाँ मेरो नेतृत्वमा गएर अर्थमन्त्रि विष्णु पौडेललाई भेटेर २ अर्ब ६८ करोड रकम विनियोजन गर्न लगाउनु जिल्लाको विकासको ठुलो सफल पक्ष रहेको छ र अहिले कालोपत्रेको काम भई रहेको छ । हामी निर्वाचित भए पछि खोटाङ ओखलढुङ्गा सोलु जोड्ने सगरमाथा स्वर्ण चक्रपथ निर्माणको कार्य सुरु गर्नु खोटाङका जनताको लागि ठुलो उपलब्धि रहेको छ । २० वर्ष देखि चिसापानी र ऐसेलुखर्कमा डाक्टर नबस्ने र पोष्माटर्म घर नभएको अबस्थामा मेरो कार्यकालमा अनिर्वाय एमविविएस डाक्टर नियमित बस्ने र पोष्माटर्म घरको पनि निर्माण गरिएको छ ।

चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार : आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनले बिहीबार दोर्पामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार विशाल भट्टराई । प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा वाम गठबन्धनले चुनावी गतिविधिलाई तीब्र पारेको छ । तस्बिर : केदार मगर-खोटाङ, रासस

खोटाङ बजारमा मालपोत कार्यालय ऐसेलुखर्कमा बैक ईलाका प्रशासन कार्यालयको स्थापना र चिसापानीमा कृषि विकास वैकको स्थापना गराए र जनतालाई परिवर्तनको महसुस गरेको छु र सदरमुकामसगँ जोडिने वाटोमा रहेको जयरामघाटको पुल नबन्दा मेरो नेतृत्वमा गएर पुल निर्माणमा ढिला भयो भन्दै धर्ना बसेपछि म राजनराई लगाएतले लाठि खानु प¥यो र यो लाठिको उपलब्धिले यो पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धाप्लाङ घाटको पक्की पुल र दुधकोसीको रभुवामा रहेको पक्की पुलको सुरुवात गर्न सफल भएको छु भने अर्को महत्वपूर्ण काम हलेसी क्षेत्रका सुख्खा गाविसहरुमा पम्पीङ प्रविधिवाट खानेपानी पु¥याउने काम को थालनी भएको छ, भने झोलुङ्गे पुलहरु धेरै ठाउँमा लगाउने कार्य सम्पन्न गरिएको छ भने सडक विजुली खानेपानी लगाएत थुप्रै काम गरिएको छ । धेरै उपलब्धि मुलक काम र जनताको लोकप्रिय माननिय भएकोले मलाई मायाले होईन मेरो काम को मुल्याङकन गरेर टिकट दिएको हो ।

अब तपाईका जित्ने आधारहरु के छन् ?

मेरा जित्ने आधारहरु धेरै माथि आई सकेका छन् । जनता र जनप्रतिनितिको सम्बन्ध जोडिएर गएको छ । चुनाब जित पछि अधिकासं समय जिल्लामा बसेर जनताको काम गरेको छु । हरेक जनताको घर घर गएको छु । र पहिला मैले ५ हजार ९ सय वढि मत ल्याएको थिए त्यो मत घट्नदिएको छैन यसपटक १५ हजार बढि मत ल्याएर जित्ने विस्वास लिएको छु ।

तपाईले जित्नु भयो भने अब के काम गर्नु हुन्छ ?

सर्वप्रथम मेरो जित पछि अघि मैले भन्ने गरेको छु ढाँट्ने र झुठा आश्वासन दिने काम म वाट हुदैन । गर्न सक्ने काम गर्छु भन्ने हो । संविधानको कार्यान्वयन प्रमुख विषय रहेको छ । संविधान कार्यान्वयनसँगै अधुरा कामहरु पुरा गर्दै जाने छु । जिल्लामा निर्माण भएका सडकहरु अन्तर जिल्ला र पालिकाहरु जोड्ने सडक सबै कालोपत्रे गर्ने प्रतिबद्धता तपाईको लोकप्रिय सञ्चारमाध्यमबाट गर्न चाहान्छु । कृषि, शिक्षा, स्वास्थ्य ब्यवसायिक अलैचि खेति लाई प्राथामिकतामा राखेर जिल्लाको विकासमा जोड दिने छु । र अन्तमा के भन्न चाहान्छु भने सुर्य चिन्ह् वाम गठबन्धनलाई दिएको भोट खेरजान दिने छैन । सम्मृद्ध खोटाङ ५ वर्ष भित्र वनाउने प्रतिबद्धता जनाउन चाहान्छु ।

    Comment Here!


सम्बन्धित समाचार