यी हुन् वेस्टर्न युनियनबाट सामसङ् ग्यालेक्सी जे ७ प्रो जित्ने बिजेताहरु

2017-10-31 15:24

काठमाडौं । विश्वमा भुक्तानी सेवाहरुको अग्रणी कम्पनी वेस्टर्न युनियनले दशैं तिहार तथा छठको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’ नारा सहितको योजनाको सबै विजेताहरुको नाम घोषणा गरेको छ । दसैं, तिहार तथा छठको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’ अभियान अन्तर्गत सामसङ जे७प्रो जित्ने विजेताहरुकोे नाम सार्बजनिक गरेको हो । प्रत्येक साता अभियानभर गरिएको लक्की ड्रमार्फत अर्जुन ओली , कैलाश ज्ञवाली, आशा मगर, प्रकाश जोशी, गोविन्द दास श्रेष्ठ, धन धोज लिम्बु, सुक माया मोक्तान र अब्दुल करीम मियाले सामसङ जे ७ प्रो जित्ने भाग्यशाली बिजेताहरु भएका छन् । सामसङ मोबाइल प्रत्येक सातादिनु साथमा यो अभियानले दैनिक रुपमा विजेता ग्राहकहरुलाई रु. ५० देखि रु.५०० सम्मको रिचार्ज ब्यलेन्स प्रदान गर्दै आएको थियो ।

यो योजनाले विदेशमा रहेर चाडपर्व मनाउन नपाउने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई नजिक ल्याउनका साथै वेस्टर्न युनियनले आफ्नो सेवा मार्फत ग्राहकहरुलाई आफ्ना आफन्तसँग नजिक भएको अनुभुति गराउनको लागि गरिएको थियो । योजनाको नारा अनुसार दशैं तिहार र छठमा आफन्तसँग रमाइलो कुराकानी गर्ने वातावरण सिर्जना गर्नकालागि अफर ल्याइएको थियो । सबै आफन्त र साथीभाई एकै ठाउँमा नहुन सक्छ । आफन्त र साथीभाईहरु विदेश बस्ने र काम गर्ने हुन्छन् । चाडपर्वको अवसरमा आफन्तलाई नजिक र खुसिको अनुभुति प्रदान गर्ने यो योजनाको प्रमुख उदेश्य रहेको थियो जुन भव्य रुपमा सफल भएको छ ।

यो योजना यहि भाद्र १८, २०७४ देखि सुरु भई११ कात्तिक, २०७४मा सम्पन्न भएको छ । यो योजनामा वेस्टर्न युनियनका सात वटा मुख्य एजेन्टहरु अन्नपुर्णा ट्राभल, सि.जि फिन्को, हुलास रेमिटेन्स, माया रेमिट, नविल बैंक, डिजिटेक र सुर्य रेमिटले सेवा प्रदान गरेका थिए ।

 

    Comment Here!


सम्बन्धित समाचार