चीनले बनायो यस्तो पार्क जहाँबाट अन्तरीक्षको यात्रा देखि ड्रागनसँगको वास्तविक युद्ध मज्जा लिन पाइन्छgoo

2017-10-29 17:06

एजेन्सी । पछिल्लो समय चीनले प्रविधिमा उच्च कोटिको विकास गरिरहेको छ । चीनको विकासले संसार नै चकित भइरहेका बेला फेरी अर्को विकासको क्रान्ति ल्याएको छ । उसले बनाएको एउटा यस्तो पार्क जहाँ एलियनसँग भेट्ने वा ड्रागनसँग लड्ने चाहना छ भने तपाइँ चीनको यो पार्क जान सक्नुहुन्छ । चीनको ग्वेझोउ इलाकामा एक थीम पार्क बनाइएको छ । आगामी डिसेम्बरमा यो पार्कको निर्माण पूरा हुनेछ । यो पार्कको विशेषता के भने यहाँका सबै चिज वास्तविक जस्ता लाग्दछन् । अर्थात् तपाइँ छुट्टै संसारमा पुगेजस्तो अनुभव गर्नुहुनेछ । कहीँ एलियन घुमिरहेका हुनेछन् त कहिले तपाइँको अगाडि ड्रागन खडा हुनेछ ।

चीनको प्रसिद्ध एनिमेसन कम्पनी ओरिएन्टल टाइम्स मिडिया कर्पोरेसनले यो पार्कको निर्माण गरेको हो । यो भर्चुअल रियालिटी प्रविधिमा बनाइएको छ । तपाइँ जब पार्कभित्र छिर्नुहुनेछ तपाईंलाई सबैखाले भर्चुअल रियालिटी ग्याजेटहरु लगाउन दिइनेछ । अनि तपाईंसामु हुनेछ एक छुट्टै संसार । यो पार्कको आधाभन्दा धेरै काम सकिएको छ । डिसेम्बरमा यो सर्वसाधारणका लागि खुल्ला हुनेछ । यो पार्क बनाउनमा १ खर्ब २० अर्ब रुपैयाँभन्दा धेरै खर्च लागेको छ । पार्कको बीचमा १७४ फिट अग्लो फिल्म प्रदर्शन गर्ने ट्रान्सर्फमर मेसिन जडान गरिएको छ, ताकि टाढैबाट देखेर बच्चाबच्चीहरु आकर्षित होउन् । ३ सय २० एक्कड क्षेत्रफलमा बनेको यो पार्कमा अलग अलग ब्लक छन् । कतै तपाइँले अन्तरीक्षको यात्रा गर्नुहुनेछ त कतै ड्रागनसँग युद्ध । एजेन्सीको सहयोगमा

    Comment Here!


सम्बन्धित समाचार