होस्टेल खोजी रहेकालाई खुशीको खबर ! उही शुल्कमा नसोचेको यति धेरै सुविधाको होस्टेल सुरु

2017-10-29 14:48

काठमाडौ । राजधानी काठमाडौ लगायतका सहरहरुको बसोबास ज्यादै महंगो भएको छ । आफै कोठा लिएर वा फ्ल्याट लिएर जीवन धान्ने गरी बसोबास गर्नै कठिन छ । सुविधासम्पन्न बसोबास त कल्पना भन्दा बाहिरको कुरा बनेको छ । यस्तो अवस्थामा सहरहरुमा होस्टेलहरुको चार्मिङ्ग बढ्दो छ । सिमित शुल्कमा एउटै छानमा सुरक्षित तथा सुविधा सम्पन्न बसोबास, गुणस्तरीय खानपान तथा जीवन मार्गर्दशनसँगै स्वस्थ जीवनको सारथी बनेपछि होस्टेल रोज्नेहरुको संख्या बढ्दो छ ।

आरोही लग्जरी ग्रल्र्स होस्टेल प्रा.लि.
नयाँ बानेश्वर (मीनभवन) आलोकनगर गेटबाट ५ घरभित्र (शानितनगर गेटको अपोजिट)
फोन: ०१ – ४६२०५८०
मोबाईल: ९८५१०९७६९४ (कबिता भण्डारी)/इन्द्र आचार्य Free Viber/IMO & Call

साधारण कोठाभाडा नै ८ हजार रुपैया पुगिरहेका बेला त्यही शुल्कमा खाना, बसोबास, जीवन दर्शन कक्ष, स्वास्थ्य सारथी बन्ने भएकाले अहिले सबैले होस्टेल रोज्न थालेका छन् । त्यही कारण राजधानी काठमाडौमा होस्टेल ब्यवसाय बढ्दो छ । सयौँको संख्यामा रहेका होस्टेलहरुमा केही यस्तापनि छन् । जसले होस्टेलबाट ब्यवसाय मात्र हैन । राज्यको जिम्मेवार नागरिक भएको नाताले सेवापनि दिइरहेका छन् । त्यसैले उही शुल्कमा भरपुर सेवा सुविधा दिने नेपालको भर्खरै खुलेको एक होस्टेलका बारेमा आज जानकारी दिइरहेका छौ ।

आरोही लग्जरी होस्टेल प्रा.लि.

आरोही लग्जरी होस्टेल प्रा.लि. ले भर्खरै मात्र आरोही लग्जरी ग्रल्र्स होस्टेल सुरु गरेको छ । काठमाडौको नयाँ बानेश्वर मीनभवन स्थित सिभिल अस्पताल नजिक रहेको आलोकनगर गेटबाट केही भित्र रहेको यो होस्टेलमा अरु बहुसंख्यक होस्टेलहरुले लिइरहेको शुल्क लिएर स्टार होटेलको जतिनै सुविधा दिन सक्नेगरी सुरु भएको छ । होस्टेल सञ्चालक कविता भण्डारीका अनुसार यो नेपालका लागि निक्कै लाभदायी होस्टेलको परिकल्पनामा सुरु भएको होस्टेल हो । अरुकै जति शुल्कमापनि धेरै सुविधा दिन सकिन्छ भन्ने सुरुवात गर्न खोजेका हौँ सञ्चालक भण्डारीले जानकारी दिनुभयो ।

के–के छन् सुविधा ?
चारैतिर खुल्ला भू–भाग रहेको साँढे चार तले घरमा यो होस्टेल सुरु भएको छ । यहाँको विशेषता भनेको नै अधिकांश कोठामा घाम लाग्नु हो । गर्मीको मौषममा वरिपरि रुखबिरुवा रहेकाले पंखा नचलाई प्राकृतिक हावाको शितलता कोठाबाटै लिन सकिन्छ । २४ सै घण्टा सोलार प्यानलबाट तातो चीसो पानीको ब्यवस्था गरिएको छ । बैकल्पिक उर्जाका कारण कुनै समयपनि विजुली तथा विद्युत उर्जाको अभाव हुनेछैन । उच्चगतिको इन्टरनेट सुविधा सबै कोठामा जडान गरिएको छ । सञ्चालकको परिवार र होस्टेल सदस्यहरुले एकै भान्सामा खाना खाने भएकाले यहाँ पूर्ण पारिवारीक वातावरण छ । मुख्य बाटोहरुभन्दा केही मिटरमात्र भित्र रहेकाले शान्त बाताबरण तथा एक मिनेटकै पैदलमा सवारी साधनको सुविधा लिन सकिन्छ । यहाँको अर्को मुख्य विशेषता भनेको गुणस्तरीय खाना तथा विशेष नसिङ्ग सेवा हो । होस्टेल परिवार सदस्यलाई केही अस्वस्थता भए तत्कालनै आधारभुत उपचार तथा सही अस्पातल र चिकित्सकसम्म लैजानका लागि सहयोग हुनेछ । साथै सबै धर्म, संस्कृती र जाति अनुसारका चाडपर्वहरु मनाईदिने । वर्थडे, म्यारिज एनिभर्सरी देखि पेसा, ब्यवसाय तथा शिक्षा सफलतापछिको खुशीलाई मनाउनका लागिपनि होस्टेलले वाताबरण बनाईदिने गरेको सञ्चालक भण्डारीले जानकारी दिनुभयो । यो ब्यवसायी तथा पेसाकर्मी (जागिरे) महिला देखि विद्यालय, क्याम्पस, इनिष्टच्युटका विशेष कक्षा, लोकसेवा लगायत विभिन्न प्रतियोगितात्मक तयारी गरिरहेका अध्ययनशील लेडिज बस्न मिल्नेगरी त्यही अनुसारको बातावरण तथा व्यवस्थापन गरिएको छ ।

शुल्क कति ?
यहाँ ८ प्रकारका सुत्ने कोठाहरु छन् । यसका अलवा कार्यालय, बैठक कक्ष, एरोविक डान्स तथा जिम हल, विशेष कक्षा हल रहेका छन् । पूर्ण खुल्ला रहेको घमाईलो छत छ । यी सबै तल उल्लेख गरिएकै शुल्कमा प्रयोग गर्न पाईनेछ ।

१, एटेज बाथरुम वीथ बाथटप सहितको एउटा मात्र बेड भएको कोठाको शुल्क रु १७५००
२, नन एटेज बाथरुम एउटा मात्र बेड भएको कोठामा रु १४५००
३, एटेज बाथरुम वीथ बाथटप सहितको दुई वटा मात्र बेड भएको कोठामा रु १२५००
४, नन एटेज बाथरुम दुई वटा मात्र बेड भएको कोठामा रु १००००
५, एटेज बाथरुम भएको तीन वटा मात्र बेड भएको कोठामा रु १००००
६, नन एटेज बाथरुम तीन वटा मात्र बेड भएको कोठामा रु ९०००
७, एटेज बाथरुम भएको चारवटा मात्र बेड भएको कोठामा रु ९०००
८, नन एटेज बाथरुम चारवटा मात्र बेड भएको कोठामा रु ८०००

माथी उल्लेख गरिएकै शुल्कमा बिहान, दिउँसो, बेलुकाको खान–खाजा जम्मा ४ पटक दिईनेछ । ननभेजलाई हरेक हप्ता मासु, बहुसंख्यक छनोट अनुसार हरेक दिन तरकारीको स्वाद परिवर्तन गरिनेछ । शान्त, पारिवारीक वाताबरण, तातो चीसो पानी, फ्री वाईफाई, प्रत्येक कोठामा टेलिफोन, टेलिभिजन तथा मिटिङ्ग हल, पुस्तकालय, जिम तथा एरोविक डान्स हल, स्पेशल नर्सिङ्ग केयर, आत्माविश्वास तथा व्यक्तित्व विकासका विशेष कक्षाहरु, बर्थ डे, चाडपर्व सेलिब्रेसन, पारिवारीक भ्रमण तथा सहभागितामुलक कार्यमा सामेल हुने सुविधा छ ।

    Comment Here!


सम्बन्धित समाचार