प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गर्दै

2017-10-16 15:43

काठमाडौं, असोज ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गर्दैछन् । अहिले केहीबेरमा राष्ट्रपतिलाई भेट्न देउवा शितल निवास जाँदैछन् । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका साथै सरकार बिस्तारको विषयमा कुराकानी हुने बताइएको छ।

देउवाले हालै राप्रपाका आठ जना नेताहरुलाई सरकारमा सामेल गराएका थिए । राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्यलाई कुनै पनि जिम्मेवारी तोकिएको छैन । अब देउवाले राप्रपाका नेताहरुलाई जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार