गठबन्धन भाँडियो, नयाँशक्तिले आफ्नै चिन्हबाट चुनाव लड्ने

2017-10-13 17:01

काठमाडौँ, असोज २७ । चुनावी टिकट बाँडफाँडमा आफ्नो पार्टीको अपमान गरिएको भन्दै नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव नलड्ने भएको छ । नयाँ शक्ति आफ्नै चिन्हबाट चुनाव लडने तयारी थालेको छ । अहिलेसम्म नयाँ शक्तिले गठबन्धनबाट बाहिरने निर्णय भने गरेको छैन। यसबारे र्विाचन आयोगसँग छलफल भइरहेको नयाँ शक्तिका उक केन्द्रीय नेताले बताए ।

नयाँ शक्तिको आज बसेको वैठकले पार्टी संयोजक डा.बाबुराम भट्टराई गोरखा २ बाट नै चुनावमा उत्रार्ने निर्णय गरेको छ । माओवादी केन्द्र र एमालेबीच गोर्खाका दुवै क्षेत्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार दिने सहमति नजिक पुगेपछि नयाँ शक्तिले आफ्नो विकल्प अगाडि सारेको नेताहरु बताउँछन् ।

नयाँ शक्तिले अश्विन १७ गते मात्रै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता घोषणा गरेका गरेको थियो ।

    Comment Here!


सम्बन्धित समाचार