इशा गुप्ताका हट यी ८ पोज जसले विश्व फिल्म नगरीमा आगो सल्कायो !

2017-08-29 22:46

काठमाडौ, भदौं १३ । नायिका इशा गुप्ताले आफु निक्कै बोल्ड भएको दावी गर्दै यसले गर्दा धेरै पुरुष तातिने गरेको दावी गरेकी छन् । सेमी न्यूड तस्बिर खिचाएर चर्चामा रहेकी नायिका इशाले आफ्नो सामाजिक संजालमा आफ्ना सेमी न्यूड तस्बिर पोष्ट गर्दै हंगामा नै मच्चाइन् । इशा यही आउँदो भदौ १६ गतेदेखि सबै हलहरुमा रिलिज हुन लागेको चलचित्र ‘बादशाहो’ को मुख्य भुमिकामा रहेकी नायिका हुन् ।

तस्बिरमा विभिन्न खालका कमेन्ट आएपछि इशाले एक म्यागेजिनसँग कुराकानी गर्दै दरिलो जवाफ फर्काएकी छिन् । उनले भनेकी छिन्– ‘यदि कोही यूवती बोल्ड हुन्छिन् त पुरुषलाई तनाव हुन थाल्छ । उसलाई यस्तो लाग्छ कि, कोही उसको पुरुषत्वलाइ चुनौती दिइरहेकी छ ।’ उनले यस्ता मानिस कपटी र पाखन्डी हुन्छन् समेत भनेकी छिन् । इशाले महिलाका न्यूड तस्बिर मोबाइलमा सुरक्षित गरेर बाहिर गाली गर्ने पुरुष कपटी भएको समेत आरोप लगाएकी छिन् । उनले अगाडि भनिन्– ‘कुनै पनि यूवतीको फोटोसुट उसको इच्छाशक्तिमा निर्भर गर्दछ ।’ उनले आफूले खिचेका तस्बिहरु सुन्दर भएको भन्दै नहटाउने समेत बताएकी छिन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

    Comment Here!


सम्बन्धित समाचार