सयौ जनाले एक्कासी केपी ओलीको घर घेरेपछि…

2017-08-12 20:06

काठमाडौं, साउन २८ । शनिबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित नीजि निवासलाई करिब सय जना मानिसले घेरा हाले । एकछिन त सुरक्षार्थ खटेको सुरक्षाकर्मीपनि अन्यौलमा परे । पछि एकिन भयो की, २० दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीका समर्थकले उनका माग पुरा गराउन दबाब सृजना गर्ने उद्देश्यले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट घेराउ गरेका रहेछन् ।

डाक्टर केसीका माग पूरा गर्न शीर्ष नेताहरु गम्भीर नभएको तर केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर भएको भन्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताले ओलीको निवास घेराउ गरेका हुन । सोलिडारिटी फर डाक्टर केसी, विवेकशील साझा पार्टीलगायत नेता तथा कार्यकर्ता र सर्वसाधरणले ओली निवास वालकोट घेरेका हुन् । उनीहरुले चर्कोको नाराबाजीसहित ओली निवास घेरेका थिए ।

ओली भने हावाबाट निकालिएको विजुलीको उद्घाटन गर्न मुस्ताङ गएका थिए । उनीहरुले अन्य शीर्षनेताहरुको पनि निवास घेर्ने बताएका छन ।

    Comment Here!


सम्बन्धित समाचार