बाढी पिडीतलाई राहत उपलब्ध गराई सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

2017-08-12 17:50

२८ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण वर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकै परिवारका चारको मृत्यु भएको छ ।

प्रधानमन्त्री देउवाले शुक्रबार विहानै बाढी–पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिए ।

    Comment Here!


सम्बन्धित समाचार