बाढी पहिरोले मुलुक अस्तव्यस्त, ३० जनाको मृत्युः गृह मन्त्रालय

उद्धारमा खटिन गृहमन्त्रीको निर्देशन

2017-08-12 17:46

काठमाडौं, साउन २८ ।
अविरल वर्षा पछि देशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परि ३० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ । त्यस्तै कयौं वेपत्ता छन् ।

गृहमन्त्री जर्नादन शर्माले बाढी पहिरोको प्रकोपमा परेकाहरुको उद्दार कार्य तीव्र पार्न निर्देशन दिएका छन् । शनिबार बिहान गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्रीले जनधनको क्षतिबारे जानकारी गराएका हुन् । गृहमन्त्रीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्दारमा खटिन पनि निर्देशन दिएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार