प्रवासमा बसेर भएपनि नेपाली माटोको गुन तिर्ने साहित्यकार घिमिरे !

घिमिरेको कृति यादहरुको पहाड आउँदै

गोमा सिटौला
2017-08-12 10:42

अष्ट्रेलिया/गोमा सिटौला । प्रवासमा बसेरपनि नेपाली साहित्यको विकासका लागि अहोरात्र खट्ने एक पात्र हुन् गणेश घिमिरे । भोजपुरमा जन्मिएर त्यही हुर्किएपनि त्यही माटोमा बसिरहन बाध्यताले दिएन । तर टाढा भएपनि त्यही माटोको गुन तिर्न अन्र्तराष्ट्रि समुदायमा पुगेर उनी यही नेपाली माटोको नेपाली साहित्य विकासमा काम गरिरहेका छन् ।

अष्ट्रेलियाको पेर्थलाई कर्म थलो बनाएका घिमिरे नेपाली साहित्यका मुर्धन्य स्रष्टा हुन् । उनी अन्त्रराष्ट्रिय नेपाली साहित्य समाजका सचिव समेत हुन् । कविता, गजल, लघु कथामा कलम चलाउने घिमिरेले भर्खरै एक कृति तयार पारेका छन् । यादहरुको पहाड कृति यही सेप्टेम्बर महिनामा लोर्कापण हुँदैछ ।

 

    Comment Here!


सम्बन्धित समाचार