कस्तो बन्दै छ ‘छक्का पन्जा २’ को अर्को नयाँ गीत

प्रियंको यस्तो लुक्स

2017-08-11 22:36

काठमाडौ, साउन २७ । चलचित्र ‘छक्का पन्जा २’ को अर्को नयाँ गीतका लागि काम सुरु भएको छ । आजबाट सुटिङपनि सुरु भएको छ । पहिलो गीत सार्वजनिक भएको केही समयमा नै हिट भएको यो चलचित्रको ‘दोश्रो गीत’ को आजदेखी काठमाण्डौँको मुलपानीमा सुटिङ भएको हो । सुदुर पश्चिमेली र टप्पा मिक्स भएको गीत पहिलाको चलचित्रको गीतभन्दा बिल्कुलै फरक शैलीको गीत भएको निर्माता दीपकराज गिरीले जानकारी दिए । गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ भने किरण कडेँलको शब्द तथा संगीत रहेको छ ।

गीतको सुटिङका क्रममा पानीले धेरैबेर दुःख दिएपछि गीतको सुटिङ नै केहिबेरका लागि रोकिएको थियो । सुटिङका लागि निर्माण टीमले ३ दिनको समय छुट्याएको छ तर मौषमको कारणले चलचित्रको सुटिङको समय लम्बिने देखिएको छ । गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने गीतलाई कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यसलेपनि बजार तताउने निर्माण पक्षको दावी छ ।

 

    Comment Here!


सम्बन्धित समाचार