गजल

भवानी तिमल्सिना न्यौपाने
2017-08-11 12:40

परदेशमा कसै कसैले परिवार भुलेको देख्छु
घरदेशमा परदेशीलाई भुलेर डुलेको देख्छु

पचास डिग्रीमा पसिना बगाउनेहरुका प्रिया
यता तिर अरुकै अंगालोमा झुलेको देख्छु

आउँदै छ उ मनमा अनेकौँ रहर बोकेर
उसका फुल अरुकै बगैँचामा फुलेको देख्छु

सपना थियो सुखैमा राख्ने र त बाहिरियो
जब निस्कियो ऊ अनि पराई हुलेको देख्छु

कालो बादल झै मडारिन्छन् आफ्ना सँग बस्दा
अरुसँग वर्षा पछिको आकाश झैँ खुलेको देख्छु

    Comment Here!


सम्बन्धित समाचार