तालिवानले अपहरण गरेका २३५ जना मुक्त

2017-08-10 09:35

काठमाडौं, साउन २६ । अफ्गानिस्तानमा तालिवानले उत्तरी क्षेत्रबाट अपहरण गरेका २ सय ३५ जनालाई मुक्त गरेको छ । सार ए पल प्रान्तमा मिर्जावालाङ क्षेत्रमा आक्रमण गरी ५० भन्दा बढीको हत्या गरेको भोलिपल्ट उनीहरुलाई छाडिएको अधिकारीहरुले जनाएका छन् ।

तालिवानले भने सर्वसाधारण नभई सुरक्षाकर्मी मारिएको जिकिर गरेको छ । प्रान्तका गर्भनर र स्थानीय आदिवासी नेताबीचको वार्तापछि अपहरण मुक्त गर्न तालिवान सहमत भएको थियो । अफगान सुरक्षाकर्मीले अझै पनि सय भन्दा बढी मानिस तालिवानको कब्जामा रहेको उल्लेख गरेको छ ।

पछिल्लो समय अफगानिस्तानमा तालिवानको गतिविधि बढ्दो छ । तालिवानसँगको संघर्षमा छ महिना यता मात्रै करिब १७ सयको मृत्यु भएको छ ।

    Comment Here!


सम्बन्धित समाचार