जसले लाखौँलाई जीवन दान दियो, त्यही जीवन अब कुन बेला ढल्न सक्छ !

2017-08-09 11:05

सर्मिला कार्की । फिचरमा देखिएका दुई तस्वीर उनै डा. गोविन्द केसीका हुन् । एउटा तस्वीरमा देख्न सक्नुहुन्छ । दुर्गम बस्तीमा यसरी ओखती बोकेर उपचार गर्न पुग्थे । उनलाई केही प्रवाह थिएन । एक्लै औषधीका बोरा च्यापेर हिमाल, पहाड, तराईका दुर्गम गाउँ बस्ति-बस्तीमा पुग्दथे । निशुल्क उपचार गर्थे । देश देखि परदेशसम्म कही दैविक विपत्ति पर्यो या महामारी फैलीयो भने उनै डा. केसी पुगिहाल्थे ।

विश्वका विभिन्न देशमा भएका प्राकृतिक विपत्तिपछिको जन स्वास्थ्य सहयोगमा डा. केसीको अमुल्य सहयोग रहेको छ । उनीले लाखौलाई जीवन दान गरिसकेका छन् । दुर्गम गाँउ-गाँउ र बस्ति-बस्तीमा एक गाँस खान समेत धौ धौ पर्ने जनताका लागि उनले निशुल्क उपचार तथा औषधि सहयोग गरेर जीवन दान गरेका छन् । जो विश्वमै नदेखिएको एक पात्र हुन् । डा. गोविन्द केसीका सन्र्दभमा यत्ति लेखे काफी छ ।

 

तर फिचरमै देखिएको अर्को तस्वीर लाखौ मानिसलाई जीवन दान दिने उनै डाक्टर आज जीवन मरणको दोसाधमा छन् । त्योपनि गरिब निमुखा जनताका छोराछोरीको अधिकारका लागि नै उनले आफ्नो जीवनलाई समेत प्रवाह गरेका छैनन् । साउन ९ गतेदेखि आमरण अनसनमा छन् । उनको सत्याग्रहकै बेला कुनैबेलापनि ज्यान जाने अवस्था छ । तर राज्यले यसलाई कत्तिपनि गम्भिरताका साथ नहेरेको स्पष्ट छ ।

उनी तत्काल माथेमा आयोगको प्रतिवेदनअनुरुप सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्नुपर्ने, आइओएमलाई स्वायत्तता दिनुपर्ने, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग राखेर पटक पटक आमरण अनसनमा बसेका छन् ।

अब त अनसनले नै डा. केसीका नसा र रगत नै सुकिसकेका छन् । उनी शिथिल बन्दै गएका छन् । न्यायको प्रतिमूर्ती कतिबेला ढल्ने हो कुनै निश्चित छैन । जतिबेला नेपालको लोकतन्त्र विश्वसामु लज्जित बन्नेछ ।

    Comment Here!


सम्बन्धित समाचार