यी युवती जो सामाजिक सञ्जालमा आफ्नो फोटो पोष्ट गरेरै कमाउछिन् डेढ करोड

2017-08-07 17:06

एजेन्सी। सुन्दापनि अचम्म लाग्छ । यी २५ बर्षीय युवतीको अरु केही हैन काम, आफ्नो सामाजिक सञ्जालमा आफ्नै फोटो पोष्ट गर्ने मात्र हो । यसरी नै यी युवतीले केही दिनमा नै करोडौँ कमाउने गर्दछिन् । कसरी त ? युवतीले आफ्ना यस्तै फोटो पोष्ट गरेकै भरमा करोडौं कमाउँछिन् । २५ वर्षकी यी युवतीको नाम एबिगेल रेचफोर्ड हो । यी युवती सामाजिक संजाल इन्स्टाग्रामकी सेलिब्रेटी हुन् । उनका ८० लाखभन्दा बढी फलोअर छन् ।

 

इन्स्टाग्राममा उनले बिकिनी मोडलको रुपमा आफ्नो पहिचान बनाइसकेकी छिन् । एक वेबसाइटका अनुसार एबिगेल पहिलोपटक सन् २०१३ मा चर्चामा आएकी हुन् । त्यतिबेला उनका एक प्रोफेसनल फोटोग्राफर साथीले उनको स्विमसुटमा फोटो खिचेर सोसल साइटमा प्रोफाइन बनाउने सल्लाह दिएका थिए । त्यसपछि फेसबुक पेजमा उनको फोटो निकै भाइरल भयो । त्यसपछि ब्लगरहरुले उनको बारेमा लेख्न सुरु गरे ।

लगत्तै उनको चर्चा यति बढ्यो कि उनी म्याक्सिम नामको प्रतिष्ठित म्यागजिनको नजरमा परिन् । केही समयपछि उनले इन्स्टाग्राममा आफ्नो प्रोफाइल बनाइन् । केही दिनमै उनका २० हजारभन्दा बढी फलोअर भए । इन्स्टाग्राममा उनले आफ्ना स्विमसुट र बिकिनीवाला फोटोहरु लगातार पोष्ट गर्न लागिन् । हेर्दाहेर्दै एक महिनामा उनलाई झण्डै एक लाखले फलो गर्न थाले ।

एबिगेलको चर्चा यतिसम्म बढ्यो कि उनलाई विभिन्न कम्पनीबाट ब्राण्ड प्रमोशनको लागि अफर आउन थाले । यसपछि उनले ब्राण्डेड कम्पनीका कपडा मात्र लगाएर फोटो पोष्ट गर्न लागिन् । उनका अनुसार १० लाख फलोअर हुँदा उनले कुनै कम्पनीका कपडा लगाइदिएर फोटो पोष्ट गरेपवापत प्रति पोष्ट १५०० डलर कम्पनीबाट शुल्क लिन्थिन् । अहिले उनका ८० लाख फलोअर छन् र उनले प्रतिपोष्ट ६ हजार डलर शुल्क लिन्छिन् ।

    Comment Here!


सम्बन्धित समाचार