“रुद्रप्रिया”मा सम्बन्ध टुटेको सात बर्षपछि रेखा खोज्दै आर्यन ! {भिडियोसहित}

2017-08-07 11:29

चर्चित नायिका रेखा तथा नेपाली चलचित्र नगरीमा एकछत्र राज गर्न सफल नायिका हुन् । आर्यन सिग्देलपनि नम्बर वान श्रेणीमा बस्न सफल नायक हुन् भन्दा फरक पर्दैन । कुनै बेला नायिका रेखा थापा र नायक आर्यन सिग्देलबीच खुबै दोस्ती थियो । त्यो दोस्ती धेरै समय टिक्न नसकेर दरार आएको गसिपलेपनि बजार निक्कै ततयो ।

तर अब त्यही जोडी सात बर्ष पछि एक भएको खुशीको खबर आज समेटेका छौ । अब रेखा र आर्यनबीच दोस्तीमा गाढापन आएको देख्न सकिन्छ । त्यही दोस्तीले रुद्रप्रिया चलचित्र जन्मिएको छ । यसले बजार तताउने सबैको अनुमान छ । रेखा फिल्मस्वाट यो बर्ष निर्माण भएको चलचित्र रुद्रप्रियामा दुवैको मुख्य भुमिका रहेको छ । यस बारे नायिका रेखा थापाले छोटो प्रतिक्रिया दिँदै भनिन् । साथीभाइमा कहिलेकाही मनमुताव हुनु स्वभाविक हो।

यसलाई लामो समय राख्नु हुंदैन र आफूहरुले पनि त्यस्तो नगरेको तथा आफूहरु वीचको दोस्ती पहिलाको भन्दा अझ राम्रो भएको नायिका थापाको भनाई रहेको छ। यो बर्षको तिहारको लक्ष्मीपूजाका दिन अर्थात कार्तिक २ गते रिलिज हुने यिनै गाढा दोस्ती बनाउन सफल रेखा थापा र आर्यन सिग्देलको चलचित्र ‘रुद्रप्रिया’को पहिलो गीत ‘चिरबिर चिरबिर’ सार्वजनिक भएको छ।

गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी, गायिका मेलिना राई र गृष्म शिवाकोटीको छ । गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज छ । सात वर्षपछि कमब्याक भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्ममा सुदिप बबी भूपाल सिंहको निर्देशन छ ।फिल्मका निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् । संजय लामाको छायाँकन रहेको फिल्ममा शिवाकोटीसहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ।

    Comment Here!


सम्बन्धित समाचार