ग्रहणमा यसरी पुरा हुनेछ तपाईको धन कमाउने इच्छा, यस्तो मन्त्र जपे हुनेछ प्रशस्त धन प्राप्ती

2017-08-06 23:11

एजेन्सी । सोमवार चन्द्र ग्रहण लाग्दै छ ग्रहणमा , यस्तो मन्त्र जपे मा हुनेछ धन प्राप्ती हुने शास्त्रीय विज्ञानको दावी छ । कुनै पनि मन्त्र सिद्धि को लागी सबै भन्दा राम्रो समय ग्रहण काल हुने गर्छ । ग्रहण काल मा कुनै बिशेष मन्त्र लाइ सिद्ध गर्न सकिन्छ या उसको जप गर्न सकिन्छ ।

ग्रहणको समय मा मन्त्र जप गर्नको लागि माला को उपयोग गर्न जरुरि हुदैन यो दिन समयको नै महत्व हुन्छ । यो पाली ग्रहण साउन २३ गते सोमबार अगस्त ७ सोमबार को दिन मा परेको छ । आउनुहोस जानौ ्र ग्रहण लागेको बेला कुन कुन मन्त्र को जप गर्ना ले आइ परेका समस्या हरु को समाधान हुन सक्छ ।

२३ साउन सोमबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । यो ग्रहण १ घण्टा ५५ मिनेटसम्म लाग्ने छ । जब ग्रहण सुरु हुन्छ, मन्त्र जप्ने कार्यपनि सुरु गर्नु पर्दछ । साथै ग्रहण सकिएसँगै मन्त्र जप्न पनि छाड्नुपर्दछ ।

यो पनि पढ्नुहोस् : भोलि पूर्णिमाको चन्द्रग्रहण, शास्त्रीय नियमअनुसार के गर्दा फल-के गर्दा अनिष्ट ?

ग्रहण सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने छ भने मध्यराति १ बजेर ३ मिनेटमा समाप्त हुने छ । यदि तपाइका शत्रुको संख्या धेरै छ र तपाई त्यसबाट पीडित हुनुहुन्छ भने बंगलामुखीको मन्त्र जप्न सक्नुहुन्छ ।
जो यसप्रकार छ ।
शत्रु नाशका लागि

ॐ ह्लीं बगलामुखी देव्यै सर्व दुष्टानाम वाचं मुखं पदम् स्तम्भय जिह्वाम कीलय(कीलय बुद्धिम विनाशाय ह्लीं ॐ नमः

वाक् सिद्धिका लागिः
ॐ ह्लीं दूं दूर्गायः नमः

लक्ष्मी (धन) प्राप्तीका लागि तान्त्रिक मन्त्रः
ॐ श्रीं ह्लीं क्लीं ऐं ॐ स्वाहाः

नोकरी एवं व्यापारमा बृद्धिका लागि निम्नलिखित मन्त्रलाई ग्रहणअवधिसम्म लगातार जप्नुहोस्ः

ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं महालक्ष्म्यै नमः

मुद्दा जित्नका लागिः
ॐ ह्लीं बगलामुखी सर्वदुष्टानां वाचं मुखं पदं स्तंभय जिह्ववां कीलय बुद्धि विनाशय ह्लीं ओम् स्वाहाः

यो मन्त्रमा उल्लेख ‘सर्वदुष्टानां’ को ठाउँमा जसबाट छुटकरा पाउनुपर्ने हो उसको नाम उच्चारण गर्नुहोस् ।

कुनै पनि मन्त्र तब मात्रै सफल हुन्छ, जब तपाईमा पूर्ण श्रद्धा तथा विश्वास हुन्छ । कसैको नराम्रो सोच्ने व्यक्ति मन्त्र सिद्धि प्राप्त गर्न सक्दैनन् । मन्त्र जप्ने समयमा बास्नादार अगरबत्ती प्रज्ज्वलित गर्नुहोस् । यसबाट मन एकाग्र भएर जपमा मन लाग्नेछ साथै ध्यान अन्त मोडिने छैन । ग्रहण काल मा मन्त्र हरु को मानसिक जप गर्नु पर्छ , मानशिक को अर्थ मन मनै जप गर्नु पर्छ ।

    Comment Here!


सम्बन्धित समाचार