रेनो एक्सपेरियन्स

2017-08-06 19:06

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा लि (विशाल समूहको सहायक) ले रेनो कार प्रेमीहरुका लागि यहि २०७४ श्रावण १७ गतेदेखि २०७४ श्रावण २२ गतेसम्म काठमाडौंमा रेनो एक्सपेरियन्स आयोजना गरेको छ । ‘‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गरिएको छ ।

रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक क्यास डिस्काउन्टका साथै ५ वर्षसम्मको बिस्तारीत वारेन्टी जस्ता आकर्षक अफरहरु पनि उपलब्ध गराएको थियो ।

यो अभियान यहि श्रावण १९ गतेदेखि २१ गतेसम्म बुटबल र बिर्तामोडमा आयोजना भयो । साथसाथै यो अभियान श्रावण २२ गतेदेखि २४ गतेसम्म भैरहवा र बिराटनगर, श्रावण २५ गतेदेखि २७ गतेसम्म दाङ र नारायणघाटमा तथा श्रावण २८ गतेदेखि ३० गतेसम्म धनगढी र पोखरामा आयोजना हुनेछ ।
रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्दछ ।

    Comment Here!


सम्बन्धित समाचार