नेयमारको हप्ताको कमाई ८ लाख ६५ हजार यूरो

2017-08-04 13:14

एजेन्सी ।

ब्राजिलका फुटबल स्टार नेमारलाई क्लब पेरिस सेट जर्मनले २२ करोड २० लाख यूरो अर्थात १६८० करोड शूल्क स्थानान्तरण सहित आफ्नो क्लबमा जोडेको छ।

नेमार पहिले स्पेनको बार्सिलोना क्लबमा आवद्ध थिए। उनी केही दिन अघि मात्रै बार्सिलोनाबाट विदाई भएका थिए।

नेइमार भन्दा पहिला पल पोग्बाले म्यानचेस्टर यूनाइटेडमा फिर्ता ल्याउनका लागि आठ करोड ९० लाख पाण्ड अर्थाथ ७ अरब ४५ करोड रुपैयाँ दिइएको थियो।

पाँच वर्षको उक्त सम्झौतामा नेइमारले वार्षीय ४ करोड ५० लाख यूरो अर्थात करीब ३ अरब ४० करोड कमाउने छन्। उनको हप्ताको कमाई ८ लाख ६५ हजार यूरो अर्थात करीब ६ करोड ५४ लाख हुने छ।

    Comment Here!


सम्बन्धित समाचार