मिलानो ब्राण्डका फुटवेयर अब नेपालमामिलानो ब्राण्डका फुटवेयर अब नेपालमा

2017-10-12 20:47

काठमाडौ । एक्सन पोलिमर प्रा. लि. इटालियन प्रविधिद्धारा विश्वको उत्कृष्ट पोली युरिथिन (पीयु) फुटवेयर बनाउने स्वदेशी उत्पादकले नेपाली बजारमा पहिलो पटक मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक गरेको छ । ३० करोड रुपैयाँ लगानी भएको कम्पनी सन् २०१६ मा भैरहवामा स्थापना भएको हो, जसले पीयु स्लीपर, स्याण्डलहरु र जुत्ताहरु हरेक उमेर समूहका मानिसहरुका लागि उत्पादन गर्दछ । एक्सन पोलिमर्सले मिलानो ब्राण्डका स्लीपरहरु तथा स्याण्डलहरु उत्पादन गर्दै आएको छ र अब भने दैनिक गतिबिधिमा उपयोग हुने मिलानो ब्राण्डका फुटवेयरको सबै श्रेणीहरु (बच्चादेखि बुढासम्मका लागि) बजारमा ल्याएको छ । मिलानो ब्राण्डका फुटवेयरका विशेषताहरुमा हलुका तौल, स्वास्थ्यलाई फाईदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबलका साथमा आरामदायी, टिकाउ, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने किसिमको रहेको छ ।


एक्सन पोलिमर्सका अध्यक्ष श्री राजेश अग्रवालले फुटवेयरको बारेमा भन्नुभयो, ‘हामी नेपालमा विश्वको प्रख्यात इटालियन प्रविधिद्धारा निर्मित फुटवेयर सफल रुपमा सार्वजनिक गर्न पाउँदा निकै गौरवान्वित भएका छौं । नेपाली खुट्टामा उपयुक्त हुने किसिमका अन्तराष्ट्रिय स्तरका फुटवेयरहरु आधुनिक फेशन सहित बजारमा प्रबद्र्धन गर्ने हाम्रो लक्ष्य रहेको छ । हरेक उमेरको समूह र लिंङ्गलाई हुनेगरि हामीले मिलानो ब्राण्डका फुटवेयर ल्याउन पाउँदा निकै हर्षित भएका छौं ।’ मिलानो ब्राण्डको बारेमा बताउँदै एक्सन पोलिमर्सका प्रबन्ध निर्देशक श्री प्रदिप अग्रवाल र श्री गौरव अग्रवालले भन्नुभयो, ‘नेपाली फुटवेयर उद्योगमा इटालियन प्रविधि भित्र्याउन पाउँदा हामी निकै हर्षित भएका छौं । उच्च गुणस्तरको फुटवेयर हरेक उमेर र लिङ्गसमूहका लागि उत्पादन गरिरहेको बाहेक हामीसँग हरेक प्रकारका फुटवेयरका श्रेणीहरु स्लीपर, स्याण्डल र जुत्ताहरुमा उपलब्ध छ । फुटवेयर उद्योगहरु रोजगार सिर्जना गर्ने प्रमुख औद्योगिक क्षेत्र मध्ये एक भएको तथ्यलाई ध्यानमा राख्दै, बेरोजगारीको समस्यालाई न्यूनीकरण गर्नसक्ने गरि उपभोक्ताको मागका आधारमा उच्च स्तरका जुत्ताहरु आधुनिक फेशन सहित उत्पादन गरिरहेका छौं । हाम्रो लक्ष्य भनेको स्थानिय फुटवेयर उद्योगलाई प्रबद्र्धन गर्नु हो र आयातलाई बिस्थापन गर्दै निर्यात बढाउनु हो । जसले दिर्घकालमा आर्थिक स्थाईत्व प्रदान गर्दछ ।’

एक्सन पोलिमर प्रा. लि.को बारेमा

एक्सन पोलिमर प्रा. लि. इटालियन प्रविधिको प्रयोगद्धारा विश्वको उत्कृष्ट पियु फुटवेयर बनाउने उत्पादक हो र नेपाली बजारमा यस्तो प्रविधि प्रयोग गर्ने पहिलो कम्पनी हो ।

कम्पनीमा रहेका केहि विशेषताहरु यस्ता छन्ः–उच्चस्तरका फुटवेयरहरु निर्माणमा गुणस्तर कायम गर्नका लागि आवश्यक प्रविधि तथा सिपहरु : सन २०७४ मा स्थापना भएका एक्सन पोलिमर प्रा. लि.ले निकै छोटो अवधिमा नेपाल अधिराज्य भरि आफ्नु छबि उच्च राख्न सफल भएको छ,  र बजारमा प्रतिस्पर्धि मूल्यमा उच्च स्तरका उत्पादनहरु ल्याएकोमा प्रसिद्ध भएको छ । स्थापनाको एक्सन पोलिमर प्रा. लि.का उत्पादनहरु स्लीपरहरु र स्याण्डलहरुपछि जुत्तामा बिस्तारित भएको छ र आगामी दिनहरुमा दैनिक आवश्यकताका लागि चाहिने हरेक श्रेणीका फुटवेयर उत्पादन गर्ने योजना लिएको छ ।

व्यवसायीक गतिबिधि

अनुसन्धान तथा विकास, योजना, फुटवेयरको उत्पादन तथा बितरणमुख्य उत्पादनहरु, पीयू स्लीपरहरु, स्याण्डलहरु र जुत्ताहरु हरेक उमेर समूहका मानिसहरुको लागि

कम्पनीको मिसन

एक्सन पोलिमर प्रा. लि.ले यो क्षेत्रमा उत्कृष्ट प्रविधिको प्रयोग गर्दै सबैभन्दा प्रतिस्पर्धात्मक श्रमीकहरुद्धारा अनुसन्धान र विकासको माध्यमबाट यो क्षेत्रमा निरन्तर विकास गर्दै जानेछ । समयक्रमका लागि चाहिने र उपयुक्त हुने विभिन्न उत्पादनहरु अनुसन्धान र विकासको माध्यमबाट गर्नेछ र कम्पनीको समूहले उपभोक्तासम्म निश्पक्ष रुपमा आफ्ना उत्पादनहरु पुग्नेमा ध्यान दिनेछ । नेपाली फुटवेयर उद्योगको वृद्धिमा योगदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीको भिजन

एक्सन पोलिमर प्रा. लि.को भिजन भनेको गुणस्तर, संख्यात्मक, प्रतिस्पर्धा र नेपाली खुट्टाका लागि आवश्यक विश्वको सबैभन्दा नविनतम विकास र प्रविधिहरुको साथमा गुणस्तरको विकास गर्दै जानु हो । फुटवेयरको क्षेत्रमा नेपाली बजारमा मापदण्डको स्तरोन्नती गर्दै जानु हो । बजार लक्ष्यएक्सन पोलिमर प्रा. लि.ले सबै उमेर समूह, सबै स्तर र सबै लिङ्गका सम्पूर्ण नेपालीहरुलाई आफ्ना उत्पादनहरु पुर्याउने उद्देश्य राखेको छ ।

पीयू सेगमेन्टका महत्वहरुयो क्षेत्रमा महत्वहरु यसप्रकार छन्ः

१ निकै हलुका

२ स्वास्थ्यलाई लाभदायक, प्रतिस्पर्धात्मक मूल्य

३ आरामदायक र निकै फेशनेबल४ टिकाउनपना, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिनेर अन्त्यमा,एक्सन पोलिमर प्रा. लि.ले विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

१ फुटवेयर उद्योग आफैँमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने औद्योगिक क्षेत्रहरु मध्ये एक हो, त्यसैले रोजगारी सिर्जना सबैभन्दा मूख्य विषय वस्तु हो । कम्पनीले महिला र पुरुष दुबैलाई कम्पनीमा रोजगार प्रदान गर्दै आएको छ, जसले समग्र आर्थिक विकासमा सहयोग पुर्याउँछ ।

२ कम्पनीको भिजनमा उल्लेख भएअनुसारको मापदण्डको स्तर अभिवृद्धि गर्नु

३ फुटवेयरको आयात घटाउनु र क्रमागतरुपमा निर्यात अभिवृद्धि गर्दै देशको आर्थिक स्थाीत्व कायम गर्नु । फुटवेयरको आयात प्रतिस्थापन र निर्यामा वृद्धिले दिर्घकालमा सरकारलाई राजस्व वृद्धि गर्न सहयोग पुग्दछ ।

    Comment Here!


सम्बन्धित समाचार