काठमाडौका मेयर विद्यासुन्दरले पुरा गर्न नसकेको काम दिपनारायणले पुरा गरे

2017-10-12 19:45

हरिबोल आचार्य, खोटाङ्ग । काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यले पुरा गर्न नसकेको काम दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका मेयर दिपनारायण रिजालले पुरा गरेका छन् । विद्यासुन्द शाक्यले एक सय दिनमा एक सय १ काम गर्ने घोषणा गरेपनि एक सय दिनमा एक काम पनि सार्बजनिक नगरेको आलोचन खेपिरहेको अबस्थामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजालले एक सय ५० भन्दा वढि काम गरेको नगरसभामा सार्वजनीक गरेर जनताको लोकप्रिय मेयर वनेका छन् ।

आफ्नो एक सय दिनमा एक सय भन्दा बढी काम गर्न सफल भएको वताउदै मेयर रिजालले देशकै उत्कृष्ट वजेट आफुले ल्याएको दाबि गरेका छन् । नगरपालिकाको प्रथम ऐतिहासिक नगर सभाको अवसरमा बुधबार नगरको एक सय दिनको उपलब्धिहरु सार्वजनिक गदै उनले भने, नगरका हरेक क्षेत्रलाई समेटेर वजेट ल्याएको यसलाई सहि सदुपयोग गर्न सबै लागि पर्न जरुरी छ । गत आषाढ १८ गते शफतग्रहण गरे लगत्तै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति अक्तीयार गर्ने, रुपाकोट मझुवागढी नगरपालिकाको नामको अगाडि दिक्तेल थपगरि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बनाउने, १५ वटै वडा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने, दिक्तेल बजारको पूर्ण व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाले हाल सम्म आइपुग्दा एक सय भन्दा बढी काम गर्न सफल भएको मेयर दिपनारायण रिजालले बताए ।

यसैगरि, नगरपालिकाले एक सय दिनमा स्वीस राजदुत सँग सिष्टाचार भेटघाट, नगरका सबै वडा कार्यालयहरुबाट डिजिटल सर्भिस प्रोभाईडर गर्ने उद्धेश्यले सबै वडा कार्यालयहरुलाई कम्प्युटर, फोटोकपी मेसिन लगाएतका सामाग्रीहरु व्यवस्थापन गरि सेवा प्रवाह, नगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा, अबैध रुपमा संचालनमा ल्याइएको महुरेस्थित क्रसर बन्द, अत्याबश्यक औषधि तथा न्यानो झोला व्यवस्थापनगरि नियमअनुसार वितरण, शहरी बिकास योजना अन्तर्गत दिक्तेल बजारलाई टेलिफोनतार, विद्युततार तथा खानेपानीलाई अन्डरग्राउण्ड गर्ने गरि सडक पीच गर्ने कार्य अन्तर्गत सर्भेको काम सम्पन्न भई डिपिआर तयार पार्ने काम गरेको छ ।


यस्तै, नगरपालिकाले शहरी बिकास मन्त्रालयले ९० वटा व्यवस्थित नगर बनाउने योजनामा रुपाकोट मझुवागढी नगरपालिकालाई समाबेश गर्न सफल, जालपामा बर्थिङ सेन्टरको स्थापना, दिक्तेल हस्पिटल चौक बाट दुमुली जाने २०० मिटर सडक निर्माण, नमुनारुपमा बालमैत्री सिकाईलाई विस्तार गर्ने उद्धेश्यले सरस्वती माध्यमिक विद्यालयलाई बालमैत्री सामाग्री हस्तान्तरण, जेष्ठ नागरिकहरुको कक्षलाई व्यवस्थित गर्न श्रव्य दृश्यका सामाग्रीहरु हस्तान्तरण, देशकै पहिलो र योजनावद्ध नगर बनाउने उद्धेश्यले प्रारम्भ गरिएको आबधिक योजना निर्माणको कामको सिलसिलामा काठमाण्डौमा एक व्यवस्थित कार्यशालाका आयोजना, नगर बिकास कोषको सहकार्यमा दिक्तेल बजार भित्र व्यवस्थित सपिङ कम्पेल्क्स निर्माणका लागि अध्ययन गर्न ८ लाख बजेट बिनियोजन, जिल्ला स्वास्थ्य कार्यालयको लागि स्वयम मेयर लगाएतको टोली बिभागमा पुगेर केहि महत्वपूर्ण औजारहरुको व्यवस्थापन, नगरले गरेका कामहरुलाई प्रभावकारी र पारदर्शी बनाउनका लाति प्रत्येक महिनाको २ गते ‘शुसाशनका लागि मिट द प्रेस’ कार्यक्रमको आयोजनालाई संस्थागत गर्ने गरी निरन्तरता लगाएतका कामहरु गरिएको एक सय दिनको उपलब्धिमा जनाइएको छ । नगरबासिको चासोको विषय रहेको हटाईएको दिक्तेलको नाम समाबेश हुनु उपलब्धि भएको वजारबासीले वताएका छन् । सवैको मुख जिब्रोमा रहेको दिक्तेल केहि संकृण सोचका कारण हटाईएकोमा पहिलो नगरसभाले थप गरे पछि दिक्तेल वासीले खुसियाली मनाएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार