सोचे अनुसारको परिणाम ल्याउनेमा म ढुक्क छु: लक्ष्मी श्रेष्ठ

2017-10-12 18:24

सिन्धुपाल्चोक, असोज २६ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रमुख दललहरुले धमाधम उम्मेदवारहरु सिफारिस गरिरहेका छन् । आगमाी निर्वाचनकालागि सिन्धुपाल्चोक कांग्रेसले पनि उम्मेदवारहरुको लगभग टुंगो लगाईसकेको छ । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ मा नेपाली कांग्रेस सहितको गठबन्धन र वामगठबन्धनबीच कडा रस्साकस्सी हुने देखिएको छ ।

जिल्लाको क्षेत्र नं. १ अन्तर्गत १ नं. प्रदेश सभामा कडा टक्कर हुने देखिएको छ । नेपाली कांग्रेसले प्रदेश १ बाट महिला उम्मेदवार खडा गरेको छ । नेपाली कांग्रेसले नेतृ लक्ष्मी श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवारमा अगाडि ल्याएको हो । महिला नेतृलाई नेतृत्प सुम्पिँदै जिल्लाको प्रदेश १ मा जिम्मेवारी पुरा गर्नेमा नेपाली कांग्रेसमा महिला नेतृ अगाडि देखिएको र अनुगमन कार्यदलले सवैभन्दा राम्रो काम महिला संयोजक रहेको प्रदेशमा रहेको निश्कर्ष निकाले पछि लक्ष्मी श्रेष्ठ सर्वसम्मतले सिफारिस भएकी हुन् । उसो त यस प्रदेशमा पुरुषको तुलनामा महिला नेतृ जनतामाझ लोकप्रीय पनि छन् ।

कांग्रेसले यसपटक टिकट वितरण गर्दा नातावाद र चाकडि गर्नेहरुलाइ टिकट नदिई जीवनकाल पार्टी समर्पित गरेकालाई उम्मेदवार चयन गरेको छ । नेतृ श्रेष्ठ भन्छिन्, सोचे अनुसारको परिणाम ल्याउनेमा म ढुक्क छु, स्थानीय निकायको निर्वाचनमा पछाडि पर्नुको कारण पार्टि भित्रको अन्तर्घात र आन्तरिक व्यवस्थापन मैले नियालेको छु । अबको चुनावमा ती समस्यालाई परास्त गर्दै कांग्रेस विजयी हुनेमा आशातित छुु ।

उनले थप भनिन् राष्ट्रिय राजनीतिमा काँग्रेस र माओवादी केन्द्रबीचको सत्ता गठवन्धनले गर्दा पार्टीलाई केहि क्षति अवश्य पुग्यो नै फेरी यतिबेलाको बाम गठबन्धनले पनि त्रास पैदा भैरहेको छ, अबको चुनावमा काँग्रेस हावि सिद्ध हुन्छ । विभिन्न खाले नारा लिएर जस्तो नीति ल्याएपनि लछारपाटो ल्याएनन् अब नेपाली काँग्रेसको विपिको विचारलाई आत्मसाथ गरेर लोकतान्त्रिक परिपाटीमा ल्याउने काम काँग्रेसले गरेको छ ।

लोकतन्त्रका लागि मैले दिलो ज्यान समर्पण गरेको छु। मेरो व्यक्तिगत कुनै स्वार्थ छैन । तर मैले गर्नुपर्ने एउटा काम भने अवस्य छ । त्यो हो, यो देशका महिला दिदी, वहिनीलाई छोरा या दाजू–भाई सरह अधिकार दिलाएर समानता कायम गर्ने दृढ संकल्प छ ।

विपी कोइरालाले भनेको जस्तै पार्टीको जरा गाउँ गाउँमा हुन्छ । नेपालको दश वर्षे द्वन्द्वको कालरात्रीमा जराको पनि जरा बचाउने काम महिलाहरुले गरेका हुन् । उक्त कुराको सम्मानमा मेरो नेतृत्वमा मैले सकेसम्म दिलाउने प्रतिवद्धता व्यक्त गर्दछु । संविधानमा महिला अधिकार प्रष्ट भएता पनि व्यवहारमा पूर्णतया लागू हुन सकेको छैन अबको निर्वाचनमा महिलाहरुले जस्तो सुकै परिस्थितिको सामना गर्ने छन् । महिला अधिकारको सुनिश्चितताको लागि महिलाहरु नै एकजुट हुनुपर्नेमा पनि नेतृ श्रेष्ठले जोड दिइन् ।

महिला हक अधिकारको समान हैसियतको साख राख्न एकाउन्न प्रतिशत भूमि ओगटेका नेपाली महिला जगतले आफूलाई समयको मूल धारमा ल्याउन निक्कै कसरत गर्नु पर्ने देखिन्छ । जबसम्म राज्यको पहुँचमा नारीहरुको दरो उपस्थिति हुदैन तबसम्म वर्तमानमा देशले पाउने निकासा पनि सहज देखिदैन । देशको यति ठूलो हिंसालाई विभिन्न बहानामा अझै पनि पछाडि पार्ने हो भने नयाँ नेपालको परिकल्पना पनि नारामा नै सीमित रहने छ । त्यसैले यो नारालाई पनि गतिशील बनाउन सम्पूर्ण नारीहरुले आफ्ना हरेक क्षेत्रबाट बुलन्द आवाज उठाउनै पर्छ । हामीले आफ्नो कर्त्यब्य र अधिकारलाई राम्ररी बुझेर आफ्नो जीवनको सुरक्षा गर्न सक्छु भन्ने आत्मविश्वास जगाउनु पर्छ । एकजुट भएको शशक्त आवाजले मात्र नारी हक र अधिकारहरु स्थापित गर्न सकिन्छ । यसका लागि इच्छा शक्तिको जरुरत पर्छ । इच्छा शक्ति बलियो भएपछि कुनै पनि गन्तव्य असम्भव हुँदैनन् । यसमा कुनै संका छैन, कांग्रेसले विजयी जुलुस मनाईसक्यो ।

सर्सती हेर्दा पनि जिल्लाको प्रदेश १ अरु पार्टीको तुलनामा कांग्रेस अझ बढी सजग भएको देखिन्छ । स्थानीय तहमा कांग्रेसले गरेका गल्ती सच्याउन पनि यो एक मौका हुन सक्छ ।

    Comment Here!


सम्बन्धित समाचार