मन्त्रीको मधेस समता पार्टी एमालेमा विलय

2017-10-12 18:22

काठमाडौ । मधेस समता पार्टी एमालेमा विलय भएको छ । आज आयोजित एक कार्यक्रममा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष समता पार्टीका अध्यक्ष तथा सांसद मेघराज नेपाली निषाधले पार्टी नै एमालेमा विलय भएको घोषणा गरे ।

सभासद् मेघराज नेपाली निषाध राज्यमन्त्री भइसकेका छन् । केपी ओली नेतृत्वकै सरकारमा उनी राज्यमन्त्री बनेका थिए । पर्साको धोरे निवासी ५६ वर्षीय नेपालीले ०६९ सालमा पार्टी स्थापना गरेका हुन् । अस्वस्थ्य रहेका नेपाली नियमित मृगौलाको डायलासिस गरिरहेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार