सीमा बचाउन भारतियसँग रगत बगाउने देवनारायण एमालेमा प्रवेश

2017-10-12 18:15

काठमाडौ । सीमा बचाउन भारतियसँग रगत बगाउने देवनारायण यादव एमालेमा प्रवेश गरेका छन् । उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । गत वर्ष साउन १६ गते सप्तरीको तिलाठीस्थित खाँडो बाँधको विषयलाई लिएर स्थानिय तिलाठीवासी र भारतीय नागरिकबीच ठुलो विवाद भएको थियो । नेपालको सिमाना मिचेर बनाइएको बाँध भत्काउन यादवको नेतृत्वमा तिलाठीबासी पुगेका थिए । त्यहाँ निक्कै ठुलो झडप भएको थियो । झडपमा यादव गम्भिर घाइते भएका थिए । उनलाई एमालेकै पहलमा त्यतिबेला काठमाडौ ल्याएर उपचार गरिएको थियो ।

 

    Comment Here!


सम्बन्धित समाचार