ओलीको गर्जन : भारत छिमेकी जस्तो कहिलै भएन

2017-10-12 18:03

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुक भारतप्रति आक्रोश ब्यक्त गरेका छन् । उनले भारतको व्यवहार असल छिमेकीको जस्तो कहिलै नरहेको विश्लेषण गरेका छन् । सीमा रक्षक देवनारायण यादवलाई एमालेमा प्रवेश गराउँदै ओलीले भारतको व्यवहारप्रति आक्रोश ब्यक्त गरे । सप्तरीको तिलाठीमा भारतीय पक्षको अतिक्रमणविरुद्ध लडेका देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको र पछिल्लो समयमा उनीमाथि भारतीय पक्षबाट ज्यान मार्ने धम्की आएको सन्दर्भमा ओलीले भारत व्यवहार असल छिमेकीको जस्तो नभएको बताए । ‘असल छिमेकीले दुःख कष्ट दिदैन, बरु आपत विपतमा सघाउँछ ओलीले धारणा राखे । तर भारतीय पक्षबाट असल छिमेकीको व्यवहार अझै पाउन सकेनौं । देवनारायण यादमाथिको व्यवहारले हामीलाई खिन्न बनाएको छ ओलीले भने ।

ओलीले मधेसवादी भनिएका दलले नाकाबन्दी लगाउन भारतलाई गुहारेर मधेसकै जनतामाथि अत्याचार गरेको आरोप लगाए । कार्यक्रममा मधेस समता पार्टीका अध्यक्ष तथा सांसद मेघराज नेपाली निषाध पनि एमाले प्रवेश गरेका छन् । निषाधले अब मधेस समता पार्टी एमालेमा विलय भएको बताए ।

    Comment Here!


सम्बन्धित समाचार