एकनाथ ढकाल गोरखा क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ बाट सिफारिस

2017-10-12 17:38

असोज २६ ।  नेपाल परिवार दलको केन्द्रीय अध्यक्ष एकनाथ ढकालको नाम प्रतिनिधिसभा चुनावका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर १ र चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट जिल्ला कार्य समितिले सिफारिस गरेको छ । 

ढकाल गोरखा र चितवन दुबै स्थानका बासिन्दा हुन् । प्रत्यक्ष निर्वाचनमा चुनाव लड्न चाहेका ढकालले गठबन्धनले १६५ निर्वाचन क्षेत्र मध्ये जुन क्षेत्रबाट टिकट उपलब्ध गराए पनि आफू उठ्ने बताउनुभएको छ । नेपाल परिवार दलले केही दिन अघि नेकपा एमालेसँग चुनावी गठबन्धनको लागि ३ बुँदे सहमती गरेको थियो ।

    Comment Here!


सम्बन्धित समाचार