पेट दुखेर अस्पताल पुगेकी महिलाको शल्यक्रिया गर्दा चिकित्सक चकित

2017-10-11 15:00

पेट दुखेर अस्पताल पुगेकी महिलाको शल्यक्रिया गर्दा चिकित्सक चकित परेका छन्। चिकित्सकले महिलाको मृगौलामा केही समस्या देखिएको र त्यसका लागि शल्यक्रिया गर्नुपर्ने बताएका थिए। शल्यक्रियाका क्रममा महिलाको पेटबाट यस्तो चिज निस्कियो, जुन चिजले चकित्सक चकित बने। तीन वर्षदेखि पेट दुख्दै आएको ती महिलाको सिटीस्क्यान गर्दा मृगौलामा ३१ सेन्टिमिटरको चेप्टो अनौठो बस्तु भएको देखिएको थियो। चिकित्सकको ८ घण्टाको प्रयासपछि सल्यक्रिया सफल भयो। सल्यक्रियापछि बाहिर निकालेको बस्तु हेर्दा चिकित्सक चकित बने। उनको मृगौलामा ५दशमलव ५ किलोको मासुको डल्लो थियो।

मान्छेको मृगौला सामान्य रुपमा ११० ग्रामदेखि १४० ग्रामसम्म हुन्छ। तर उक्त मृगौलामा त्यतिठूलो मासु कसरी बस्यो भन्ने विषयले चिकित्सकलाई चकित बनाएको हो। मृगौलामा बसेको उक्त मासु अहिलेसम्मकै ठूलो रहेको र त्यसले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने समेत चिकित्सकले दाबी गरेका छन्। एक हत्यापछि विरामीलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिसी नेपालबाट

    Comment Here!


सम्बन्धित समाचार