“फाटेको जुत्ता” फेसबुकमा पोष्ट गर्नुहोस्, नयाँ पाउनुहोस्…

2017-10-10 12:21

काठमाडौं । सौगात मल्ल र प्रियंका कार्की अभिनित कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’ले तिहारको उपलक्ष्यमा नयाँ प्रचार शैली अपनाएको छ । टिमले आफ्नो चलचित्रको प्रचार समेत हुने उद्देश्यले यस्तो योजना अगाडि सारेको हो ।

कमेडी जानरामा पस्किएको सिनेमाका निर्माण टोलीले दर्शकलाइ फाटेको जुत्ता लगाएको तस्बिर फेसबुकमा पोष्ट गर्न र आफूहरुलाई ट्याग गर्न निर्माताले आग्रह गरेका छन् । आफूसँग भएको फाटेको जुत्ताको तस्बिर पोष्ट गरेर ट्याग गर्ने दर्शकलाइ नयाँ जुत्ता उपहार दिने निर्माण पक्षले जानकारी दिएका छन् ।

यो योजनामा २५० जनाले नयाँ जुत्ता पाउने निर्माण पक्षले बताएको छ । लक्की ड्रबाट छानिएका देशभरका दर्शकलाइ घरमै नयाँ जुत्ता पुर्‍याइने समेत बताइएको छ । निकेश खड्का निर्देशित चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रामेश्वर झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

    Comment Here!


सम्बन्धित समाचार