यी हुन् गौचनका हत्यारा, कुख्यात साफसुटरले लिए जिम्मा !

2017-10-09 19:21

काठमाडौं । नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्या जिम्मा गुण्डा नाईके मनोज पुन समूहले लिएको छ । मनोज पुन समूहले यस अघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो । प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’का खास सहयोगी बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकलाई फोन गरी घटनको जिम्मा लिएका बताइएको छ ।

प्रहरीले त्यसबारेमा अनुसन्धान अगाडि बढाएको छ । यसअघि काभ्रेली गुण्डा नाइके दावा लामामाथिको गोली प्रहारको घटनामा पनि राइले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए ।सोमबार दिउँसो बानेश्वरको खरिवोट नजिकै आक्रमणकारीहरुले ड्राइभर बसेको ठाउँमा ढुंगा र गौचन बसेको ठाउँमा गोली चलाएर भागेका थिए । घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिएपनि उनलाई मृत घोषणा गरिएको थियो ।

गृहमन्त्री जर्नादन शर्माले घटनाको भत्र्सना गरेका छन् । काठमाडौंको सबै नाका शिल गरि घटनाको अनुसन्धान अघि बढाइएको गृहमन्त्रीले जानकारी दिएका छन्। ‘यो घटना गम्भीर छ । प्रतिष्ठित निर्माण व्यवसायीमाथि गोली प्रहार भएको छ । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं, शर्माले भने । प्रहरीले अपराधीलाई पक्राउ गर्न कुनै कसर बाँकी नराख्ने जनाएको छ । अहिले राजधानीको सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार